कोरोनाका कारण नेपालको व्यवसाय धरासायी,समस्या समाधान गर्न सरकार तयार
नेपालबहस संवाददाता
चैत ३, २०७६ मंगलबार ०:५५:२२
३ चैत, काठमाडौं । पर्यटन, उद्योग तथा होटल व्यवसायीले कोभिड–१९ का कारणले व्यवसाय धरासायी बन्दै गइरहेकाले सरकारलाई राहत प्याकेज कोष घोषणा गर्न माग गरेका छन् ।
कोभिड–१९ का कारण पर्यटन र हवाई उद्योगमा परेको प्रभाव र सरकारले अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा प्रभाव न्यूनीकरणसम्बन्धी रक्षा मन्त्रालयमा आज पर्यटन व्यवसायी, हवाई उद्योग व्यवसायीसँग भएको छलफलमा उनीहरुले बैंक ऋण मिनाहादेखि घरबहाल करमा छुट दिन सरकारसँग आग्रह गरेका हुन् ।
छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जयराज रेग्मीले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा सबैभन्दा बढी असर परेकाले राहतको व्यवस्था गर्नुपर्न बताए । उनले पर्यटन व्यवसायीले तिर्नुपर्ने करमा ५० प्रतिशत छुटको व्यवस्था गर्न सरकारसँग माग गरे । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अहिले बढी असर हवाई क्षेत्रमा परेको बताए । उनका अनुसार ६० प्रतिशत अन्तरराष्ट्रिय उडान कटौती र ६५ प्रतिशत यात्रु बाहिर जाने गरेका छैनन् ।
“सबभन्दा बढी हवाई क्षेत्रमा असर परेकाले उनीहरुलाई सरकारले राहतका प्याकेज ल्याएर केही हेर्नुपर्दछ”, उनले भने, “अहिले लुक्ला र सिमीकोटमा वर्षभरि कमाएर खाने हेलिकप्टर त्यतिकै बसेका छन् ।” प्यासिफिक एशिया ट्राभल एशोसिएन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले पर्यटक नआएकाले यातायातसमेत ठप्प भएकाले बैंकको ऋण तिर्न समस्या भएको बताए । नेपाल वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष रामेश्वर थापाले हवाई क्षेत्रमा राहत प्याकेज सरकारले घोषणा गर्नुपर्ने माग राखे ।
नेपाल वायुसेवा निगमका वाणिज्य निर्देशक टङ्कनिधि दाहालले ६०–७० प्रतिशत हवाई उडान घटेको र ६५ बाट २५ वटा मात्र दैनिक उडान हुने गरेका बताए । उनले सबै ठाउँमा राहत प्याकेज गर्न नसकिने भन्दै जनु ठाउँमा समस्या रहेको छ सोही ठाउँमा प्याकेज दिनुपर्नेमा जोड दिए । उनले सबै हवाई सेवा घाटामा सञ्चालन भइरहेका बताए ।
ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदी कोभिड–१९ का कारणले करोडौँको नोक्सान व्यहोरिएको जानकारी दिँदै आफूहरुलाई केही सहुलियत दिनुपर्ने धारणा राखे । उनले ८० प्रतिशत व्यवसाय भाडाका घरमा सञ्चालन भएकाले घर भाडा र बैंकको ऋणमा सहुलियत गर्नुपर्ने माग राखे । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले सरकारले तत्काल राहत प्याकेज नल्याएर आफ्नो व्यवसाय धरासायी हुने बताए । पर्यटन वोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हस्पीटालिटी र यातायात क्षेत्रलाई केही सहुलियत दिनुपर्ने बताए ।
उनले अहिले कोभिड–१९ का बारेमा सामाजिक सञ्जाल र समाचारमा गलत सूचना प्रवाह भइरहेकाले त्यसलाई रोकेर सरकारले सही सूचना दिनुपर्ने धारणा राखे । छलफल कार्यक्रममा कोभिड–१९ रोकथाम उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपाल मात्र नभएर विश्व नै कोभिड–१९ को प्रभाव परेकाले सबै मिलेर समस्या समाधान गर्नुपर्ने बताए ।
उनले पर्यटन, हवाई उद्योग व्यवसायीमा देखिएको समस्या समाधान गर्न सरकार तयार रहेकोसमेत बताए । “कोभिड–१९ का कारणले मुलुकमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको छ”, उनले भने, “सबैले मिलेर कसकसले के गर्न सकिन्छ, त्यही गर्ने हो तपाईहरु आआफ्नो ठाउँबाट समस्या समाधान गर्न तयार रहनु पर्दछ ।” रक्षामन्त्री पोखरेलले पर्यटन क्षेत्रसँग सम्बन्धित समस्याको समाधान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत गरिने भन्दै पर्यटन व्यवसायीलाई समस्यासहित समाधानको उपायसमेत ल्याउन आग्रह गरे ।
उनले आवश्यकताअनुसार सरकारले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिको दैनिक समस्या समाधान गर्न निर्णय गरेको भन्दै सरकार दीर्घकालीन योजना बनाइरहेको बताए । “समितिको बैठक छिटोछिटो बसेर आवश्यकताअनुसार निर्णय गरेका छौँ”, उनले भने, “परिस्थितिअनुसार नै हामीले निर्णय गर्दै हेर्दै अगाडि बढ्ने रणनीति सरकारको रहेको छ ।”
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्याकेजका बारेमा अर्थमन्त्री डा युवराज खतिवडासँग छलफल गरेको जानकारी गराए । “अर्थमन्त्रीसँग पर्यटन, उद्योग, वाणिज्य क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभावबारे छलफल भएको छ”, उनले भने, “उनले के कस्तो प्याकेज घोषणा गर्न सकिन्छ, त्यसको छलफलमा अर्थमन्त्री रहनुभएको छ ।” उनले ठूलो समस्या हवाई क्षेत्रमा रहेकाले सरकारले चाँडै नै प्याकेजका कार्यक्रम ल्याइने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्नेमा
बैशाख २३, २०८१ आइतबार
अशोक राई नेतृत्वको विभाजित जसपामा कसलाई के जिम्मेवारी ?
बैशाख २३, २०८१ आइतबार
एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
बैशाख २३, २०८१ आइतबार
१०३ वर्षीया वृद्धा माजनी प्रजाले पाइन् नागरिकता
बैशाख २३, २०८१ आइतबार
काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा
बैशाख २३, २०८१ आइतबार
पञ्जावमाथि चेन्नई २८ रनले विजयी
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा मुख्यमन्त्रीको विश्वासको मत विवादमा, फेरी अदालत जाँदै कांग्रेस
बैशाख २३, २०८१ आइतबार