१०३ वर्षीया वृद्धा माजनी प्रजाले पाइन् नागरिकता
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार २०:८:४१
२३ वैशाख, मकवानपुर। मकवानपुरको विकट मानिने राक्सिराङ गाउँपालिका वडा नम्बर ७ मा बस्दै आएकी ज्येष्ठ नागरिक माजनी प्रजाले १ सय ३ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईको नेतृत्वमा गएको टोलीले प्रजाको घरमै पुगी नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो।
प्रमुख जिल्ला अधिकारी सेडाईले विभिन्न कारणले नागरिकता नपाएका नागरिकलाई स्थलगत अध्ययन गरी घरघरमै पुगेर नागरिकता प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको बताएका छन्।
उनले भने, '१०३ वर्षसम्म प्रजा सरकारबाट पाउनुपर्ने सुविधाबाट वञ्चित हुनुभएको थियो। हामीलाई उहाँबारे जानकारी आएपछि प्रक्रिया सुरु गर्यौ। प्रक्रिया पूरा भएपछि घरमै पुगेर नागरिकता हस्तान्तरण गरिएको छ। अब उहाँले सरकारबाट पाउनुपर्ने सेवा सुविधा पाउनुहुनेछ।'
प्रमुख अधिकारी सेडाईले नागरिकता प्राप्त गर्न सक्ने अवस्था भएतापनि अपाङ्गता, अशक्तता, ज्येष्ठ नागरिक भएकै कारण कारण कार्यालयसम्म आउन नसकेका नागरिकहरूलाई घरदैलोमै पुगेर नागरिकता प्रमाणपत्र वितरण गर्ने क्रम जारी रहने बताए। यसअघि पनि जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीमफेदी गाउँपालिकामा असक्त नागरिकलाई घरमै पुगी नागरिकता प्रदान गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार