दिप्रुङ चुइचुम्मामा ‘एक वडा, एक दलित सहकारी संस्था’
नेपालबहस संवाददाता
चैत ४, २०७६ मंगलबार १७:५६:२३
४ चैत, खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुमा ‘दलित बचत तथा ऋण सहकारी संस्था’ स्थापना गरिएको छ । दलित परिवारलाई बचत गर्ने तथा बचतलाई आम्दानी र व्यवसायमूलक क्षेत्रमा लगानी गर्ने बानीको विकास गराउन गाउँपालिकाले ‘एक वडा, एक दलित सहकारी संस्था’ स्थापना गरेको हो ।
गाउँपालिकाको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्यक्रमअन्तर्गत छोरम्बुमा स्थापना भएको सहकारीमा सो गाउँपालिकाको रु ५० हजार बीउ पूँजी रहेको छ । स्थानीय पदमबहादुर परियारको अध्यक्षतमा सात सदस्यीय सञ्चालक समिति रहेको सहकारीमा स्थापनाकालमै ४२ शेयर सङ्ख्या पुगेको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार बाँकी छ वडामा पनि यसै आवभित्र सहकारी संस्था स्थापना गरिने गाउँपालिकाले जनाएको छ । सहकारी संस्था स्थापना भएपछि दलित समुदायमा बचत गर्ने बानी बढ्न थालेको छ । आर्थिक र सामाजिकरूपमा पछाडि परेका दलित समुदायको उत्थान गर्न ‘दलितसँग सहकारी’ कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिए । “दलित समुदायमा छरिएर रहेको पूँजीलाई एक ठाउँमा बचत गर्ने र सो रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्दै उनीहरुको आर्थिकस्तर उकास्ने उद्देश्यले ‘एक वडा, एक दलित सहकारी संस्था’को अवधारणा ल्याइएको हो”, उनले भने, “दलित समुदायका सदस्य मात्र सहभागी हुने सहकारी संस्था हरेक वडामा स्थापना गरिनेछ ।”
सात वडा रहेको सो गाउँपालिकाका दलित समुदायलाई सहभागी गराएर दलित सहकारी संस्था स्थापना गर्न बीउ पूँजीस्वरुप आव २०७६÷०७७ मा रु पाँच लाख रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । सहकारी संस्थाका लागि आवश्यक विधान निर्माण, सहकारी दर्ता, तालिम, व्यवस्थापनलगायतका काममा गाउँपालिकाले सहयोग गरेको जनाइएको छ ।
समावेसी शीर्षकमा दलित समुदायका लागि विनियोजन गरिने अधिकांश बजेट यसअघिसम्म तालिम, गोष्ठी र खाजा नास्तामै खर्च हुँदा दलित समुदायको जीवनस्तर उक्सन नसकेको तथ्यलाई ध्यानमा राखेर सहकारी संस्था स्थापनामा लगानी गर्ने निर्णय गरिएको जनाइएको छ । गाउँपालिका प्रमुख राईका अनुसार दलित सहकारी संस्थाको सञ्चालकदेखि कर्मचारी पनि दलित समुदायकै व्यक्ति हुनेछन् ।
परम्परागत पेशा सिलाइ÷कटाइ तथा आरन व्यवसाय गर्दै आएका सो गाउँपालिकाका दलित समुदाय गाउँपालिकाले आफ्नै नेतृत्व र स्वामित्वमा सहकारी संस्था स्थापना गरिदिने भएपछि हर्षित भएका छन् । तीन हजार ७५२ घर स्थानीयवासीको बसोबास रहेको सो गाउँपालिकामा ३८० घर दलित परिवार छन् । बालीघरे प्रथाका रूपमा काम गर्दै आएका सो गाउँपालिकाको दलित समुदायका युवापुस्ता पछिल्लो समय वैदेशिक रोजगारीमासमेत जाने गरेका छन् । बचत गर्ने बानीको विकास नहुँदा अधिकांश परिवारका सदस्यले विदेशमा कमाएर पठाएको रकम फजुल खर्चमा सकिने गरेको गाउँपालिकाले सार्वजनिक गरेको एक तथ्याङ्कले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार