नेपाललाई क्रिश्चियन मुलुक बनाउने बाबुराम भट्टराईका बतासे कुरा
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार १६:५६:६
नेपालको इतिहासमा बिरलै जन्मिने केही राजनीतिक व्यक्ति, धार्मिक ब्यक्तित्व तथा समाज सुधारकहरुले बेलाबखतमा दिने आफ्ना सार्वजनिक अभिब्यक्तिहरुले सिंगो मुलुकको राजनीतिक, धार्मिक, आर्थिक तथा सामाजिक जीवनमा प्रत्यक्ष रुपमा प्रभाव पार्ने गरेको देखिन्छ । सामाजिक या राजनीतिक नेतृत्व तहमा रहेका व्यक्तिहरुको अभिब्यक्तिलाई सामान्य तवरले लिन पनि सकिदैन । अर्थात उनीहरुबाट आउने अभिब्यक्ति सामान्य तवरबाट आएका पनि हुदैनन् ।
बाबुराम भट्टराईलाई राजनीति र कुटनीति सिकाउने या बुझाउने क्षमता, दक्षता, हिम्मत या साहस म बबुरो बालकलाई कसरी हुन सक्ला र ? युगान्तकारी परिवर्तनका संवाहक, जनयुद्धको समयमा तमाम नेपाली जनताको आशाका केन्द्रका रुपमा रहेका, तमाम नेपालीले राजनीतिक व्यक्तित्वका रुपमा रुचाईएका, भ्रष्टाचार र बेथिति बसाल्ने कुरामा कुनैपनि दाग नलागेका, मुलुकको बिकास निर्माणको बृहत्तर योजना भएका, मुलुकलाई परिवर्तनको बाटोमा आम नागरिकलाई डोर्याउन सक्ने खुबी भएका र आफैमा पनि त्यो क्षमता र दक्षता कायम रहेका बाबुरामलाई अहिले पनि नेपाली जनता कुनै न कुनै मोडबाट आवश्यकताको महसुश गर्दछन् । यो लुकाएर लुक्ने बिषय पनि होईन ।
आफै सरकारको सञ्चालन गरेर, आफै सरकारमा रहेर, आफैले गराएको जनगणनामा आफैले लिएको तथ्यांङ्कले समेत ८० प्रतिशत भन्दा बढी हिन्दूहरुको बसोबास रहेको तथ्यांक र वास्तविकतालाई कुन र केका आधारमा बाबुरामले दक्षिण एशिया मै नेपाललाई एकमात्र क्रिश्चियन धर्म भएको मुलुक बनाउँछु भनेर भन्न सके ? यसको गहिरो अध्ययन र अनुसन्धान हुनु अब जरुरी भैसकेको छ ?
स्वयं उनका बेला बखतका बक्तब्य र सार्वजनिक भएका विचारहरुले पनि उनलाई अब्बल दर्जाको राजनीतिज्ञका रुपमा स्थापित गराएकै छ । देशको नेतृत्व तहमा पुगेर आफुलाई उत्कृष्ठताको सिढीमा उक्लिन पनि उनले लिएका र गरेका राष्ट्र निर्माणका कामहरु र लिईएका अडानहरुले उनलाई थप मद्धत पुगेको छ । नेपालको एक कुशल नेताको रुपमा उनले बनाएको छविलाई उनकै बेलाबखतका सार्वजनिक अभिब्यक्तिहरुले बिरोधाभाषपूर्ण बनाई दिने गरेको पाईन्छ ।
धर्मका नाममा नेपालमा पटकपटक कुराहरु उठने र यसले सबैभन्दा बढी हिन्दू धर्ममा नै प्रहार हुने परम्परा २०४६ सालदेखि मौलाउदै आएको हो । केही विदेशीको ईशारामा चल्ने भाडाका भरियाहरुले नेपाली धर्म, संस्कार र सस्कृति माथि अहिले लगातार रुपमा धावा बोलिरहेका छन् । ब्यक्ति, समूह र फरक धार्मिक विचार राख्नेहरुबाट यस्ता अभिब्यक्तिहरु आउनुलाई सामान्य रुपमा लिन सकिन्छ । राज्यले सबै धर्म, संस्कार, संस्कृतिको जगेर्नामा सहयोगी भूमिका पनि खेल्नुपर्छ । सानो होस् या ठूलो होस्, संख्याले भन्दा पनि प्रथा, परम्परा र संस्कारले धर्मलाई जोगाएको हुन्छ । बिश्वमा कति देशमा धार्मिक युद्ध हुँदा समेत नेपालमा सानो होस या ठूलो, थोरै होस् या धेरै, धर्मको नाममा कहिल्यै झै झगडा हुदैन । सबैमा समान अधिकार छ ।
तर राज्य सञ्चालनको उपल्लो दर्जामा पुगिसकेका ब्यक्तिहरुबाट राज्यले सदियौंदेखि मान्दै र अपनाउदै आएको करोडौं जनताको संलग्नता रहेको हिन्दूधर्म माथि बताल नाङ्गो आक्रमण र हस्तक्षेप हुनुलाई भने सामान्य रुपमा लिन सकिदैन । आफै सरकारको सञ्चालन गरेर, आफै सरकारमा रहेर, आफैले गराएको जनगणनामा आफैले लिएको तथ्यांङ्कले समेत ८० प्रतिशत भन्दा बढी हिन्दूहरुको बसोबास रहेको तथ्यांक र वास्तविकतालाई कुन र केका आधारमा बाबुरामले दक्षिण एशिया मै नेपाललाई एकमात्र क्रिश्चियन धर्म भएको मुलुक बनाउँछु भनेर भन्न सके ? यसको गहिरो अध्ययन र अनुसन्धान हुनु अब जरुरी भैसकेको छ ?
कुनैकुनै बेलामा बेमौसमी रुपमा आउने गरेका उनका हतास अभिब्यक्तिहरुले उनको उच्च बौद्धिक क्षमता माथि नै प्रश्नचिन्ह खडा गरिरहेको हुन्छ । यस्ता उच्च ओहदामा पुगिसकेका व्यक्तिहरुबाट आउने निकृष्ट प्रकारका विचारहरुलाई हल्का रमाईलोको बिषयका रुपमा लिन पनि सकिदैन । आफुलाई रोष्टममा उभ्याएर आफु गणितको अब्बल बिद्यार्थी हुँ भन्दै गर्दा केही तथ्यांगत आँकडाहरुलाई पनि अध्ययन गर्ने बानीको बिकास गर्नु आवश्यक हुन्छ ।
तर हाम्रा केही हरिया डलरेले अझै पनि नअघाएका, विदेशीको पैसामा आफ्नाे धर्म, संस्कारलाई नै धरौटी राखेर विदेशीका सामु लम्पसारवाद हुँदै सति गएका, आफ्नाे धर्म र परम्परा मास्न र बिदेशी प्रभूहरुलाई खुशी राख्ने प्रयत्नमा लागेका केही पैसाका भोकाहरुले पश्चिमा मुलुकले पनि नरुचाईएका कतिपय कुराहरुलाई किन यति बिध्न मनपराई रहेका छन् ? अब यसको अध्ययन पनि हुन जरुरी भैसकेको छ ?
पूर्वीय सभ्यता वास्तवमै धर्र्तीको पहिलो सभ्यता हो । मानव सभ्यताको उद्गम बिन्दू हिमालयन क्षेत्रबाट भएको हो भन्ने कुराहरु पनि बिस्तारै प्रमाणित हुँदै जादैछन् । पूर्वीय दर्शनले अंगिकार गरेको बैदिक धर्म र परम्परा पनि अहिलेको बिज्ञानसम्मत सही र सत्य भएको प्रमाणित हुँदैछ । त्यहि भएर नै पश्चिमा राष्ट्रको चासो र अध्ययनको केन्द्र पनि अहिले हिन्दू धर्म, संस्कार, पद्धति र यसका विविध विधिहरुका बिषयमा बढदै गईरहेको देखिन्छ ।
हजारौ बर्ष अगाडि जुनबेला विज्ञानको प्रादुर्भावसम्म भएको थिएन, त्यसबेला नै पूर्वीय दर्शनले पत्ता लगाएका र धर्मशास्त्रहरुले ब्याख्या गरेका कुराहरुको अहिले पश्चिमा मुलुकहरुले अध्ययन, अनुसन्धान र अनुशरण गर्न थालेका छन् । उनीहरुका अध्ययन अनुसन्धानका बिषयहरु भएका छन् । तर हाम्रा केही हरिया डलरेले अझै पनि नअघाएका, विदेशीको पैसामा आफ्नाे धर्म, संस्कारलाई नै धरौटी राखेर विदेशीका सामु लम्पसारवाद हुँदै सति गएका, आफ्नाे धर्म र परम्परा मास्न र बिदेशी प्रभूहरुलाई खुशी राख्ने प्रयत्नमा लागेका केही पैसाका भोकाहरुले पश्चिमा मुलुकले पनि नरुचाईएका कतिपय कुराहरुलाई किन यति बिध्न मनपराई रहेका छन् ? अब यसको अध्ययन पनि हुन जरुरी भैसकेको छ ?
हिन्दू धर्म बाहेकका नेपालमा मानिदै आएका अन्य तमाम धर्म, संस्कार र संस्कृतिमाथि नै धावा बोल्ने र मुलुकमा रहेका अन्य सबै धर्म संस्कारलाई निमिट्यान्न पारेर ईसाईकरण गर्ने अभिब्यक्तिले कालान्तरमा धार्मिक द्धन्द भने निम्त्याउन सक्छ । तर यस्ता खालका बेमौसमी बाजाहरुले देशको उपल्ला दर्जामा रहेर मुलुकलाई नेतृत्व प्रदान गर्दै हिडने धर्मका व्यापारीहरुलाई भने कालान्तरमा कुनै सकारात्मक उपलब्धि हात पर्ला जस्तो लाग्दैन ।
पश्चिमा मुलुकहरुले गरेका भौतिक बिकासका कुराहरुलाई आत्मसात गर्दै पूर्वीय दर्शनको बैज्ञानिक पक्षलाई समेत अनुशरण गर्दै जानुपर्ने अहिलेको टट्कारो आवश्यकता हो । पूर्वीय दर्शनले पनि कतिपय बैज्ञानिक पक्षलाई प्रचारप्रसार गरेर आफ्नाे धर्म, सस्कार र संस्कृति जोगाउनु पर्ने बेलामा नेतृत्व पक्षबाट आउने यस्ता बेमौसमी विचारहरुले स्वयं व्यक्ति, निजको संलग्नता रहेको दल र ती दलमा रहेका तमाम हिन्दू धर्मावलम्बी कार्यकर्ताहरुमा कस्तो सन्देश जाला ? कस्तो महशुस गर्लान ? कस्तो प्रभाव पर्ला ? यो त भोलिका दिनले नै बताउला ।
यस्ता मोटा बुद्धि भएका र धर्मलाई अफिम मान्नेहरु समयको कालखण्डमा कति आए ? कति गए ? कति जाँदैछन् ? त्यसैले सनातनदेखि मानिदै आएको हिन्दू धर्म, हिन्दू संस्कार, हिन्दू संस्कृति, हिन्दू विधि र हिन्दू परम्परामा भने कुनै तात्विक फरक पर्नेवाला छैन । हिन्दू धर्म बाहेकका नेपालमा मानिदै आएका अन्य तमाम धर्म, संस्कार र संस्कृतिमाथि नै धावा बोल्ने र मुलुकमा रहेका अन्य सबै धर्म संस्कारलाई निमिट्यान्न पारेर ईसाईकरण गर्ने अभिब्यक्तिले कालान्तरमा धार्मिक द्धन्द भने निम्त्याउन सक्छ । तर यस्ता खालका बेमौसमी बाजाहरुले देशको उपल्ला दर्जामा रहेर मुलुकलाई नेतृत्व प्रदान गर्दै हिडने धर्मका व्यापारीहरुलाई भने कालान्तरमा कुनै सकारात्मक उपलब्धि हात पर्ला जस्तो लाग्दैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार