कोरोनाको प्रभावबाट अर्थतन्त्र जोगाउन अमेरिकामा १० खर्ब डलरको राहत
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार १८:३२:१०
५ चैत, एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसको प्रभावबाट आर्थिक असर कम गर्न अमेरिका र ब्रिटेनद्वारा ठूला आर्थिक राहत कार्यक्रम घोषणा गरिएको छ ।
अमेरिका र ब्रिटेनका सरकारले कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण धर्मराएको अर्थतन्त्रलाई त्राण दिन ठूला राहत योजनाको घोषणा गरेका हुन् । अमेरिकी अर्थमन्त्रीका अनुसार १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन लागिएको छ। ब्रिटेनले भाइरसको असरबाट प्रभावित व्यवसायहरूलाई झन्डै ४०० अर्ब डलरको ऋण जमानी दिने घोषणा गरेको छ।
अमेरिकी अर्थमन्त्री स्टीभ मनूशिनले झन्डै १० खर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन आवश्यक विधेयक पारित गर्न आफूले छिट्टै कङ्ग्रेसमा छलफल गर्ने बताएका छन्। त्यसअघि द वाशिङ्टन पोस्ट पत्रिकाले ट्रम्प प्रशासनले कोरोना भाइरसको महामारीसँग सङ्घर्ष गर्न ८५० अर्ब डलरको आर्थिक राहत कार्यक्रम ल्याउन लागेको जनाएको थियो।
राष्ट्रपति डोनल्ड ट्रम्पले पनि आफ्नो सरकार भाइरससँग सङ्घर्ष गर्न कडा रूपमा प्रस्तुत हुन लागेको बताए । भाइरस अहिले अमेरिकाका ५० वटै राज्यमा फैलिसकेको छ र त्यहाँ १०० जनाभन्दा बढीको ज्यान गइसकेको विवरण छ। विश्वभरि झन्डै दुई लाख मानिस सङ्क्रमित भएका र झन्डै ८,००० जनाको ज्यान गइसकेको छ।
यता ब्रिटेनका प्रमुख अर्थमन्त्री रिशी सुनकले धराशायी हुन लागेका व्यवसायको राहतका लागि सरकारले झन्डै ४०० अर्ब डलरको ऋण जमानी दिने घोषणा गरेका छन्। युरोपका कारनिर्माताहरूले कोरोनाभाइरस सङ्क्रमणबीच सबै कारखानाहरू अस्थायी रूपमा बन्द गर्न लागेका छन्।
युरोपेली सङ्घ ईयूले कोरोना भाइरस थप फैलिन नदिन, आउने ३० दिनसम्म अधिकांश ब्रिटेन स्विट्जरल्यान्ड र अन्य तीन देशबाहेक सबै विदेशीलाई आफ्नो क्षेत्रमा प्रतिबन्ध लगाउने भएका छन्। युरोपको आपूर्ति व्यवस्था भने कायम रहने भनिएको छ। अहिले युरोपलाई कोरोना भाइरस महामारीको केन्द्रबिन्दु मानिएको छ। उक्त महामारीबाट इटली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित भएका छन्।
भाइरस रोकथाम गर्न ट्युनिशियाले दिनमा १२ घन्टा कर्फ्यू लगाउन लागेको छ। साउदी अरबमा स्वास्थ्य र खाद्यसेवाबाहेक निजी क्षेत्रका सबै काम दुई साताका लागि स्थगित गरिएका छन्। मक्का र मदिनाबाहेक सबै स्थानका मस्जिद पनि बन्द हुन लागेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार
शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार