अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार १८:३७:५९
५ चैत, एजेन्सी । अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाइएपछि प्रत्युत्तरमा चीनले तीन वटा अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकबाट निष्कासन गरेको छ। चिनियाँ विदेश मन्त्रालयले द न्यूयोर्क टाइम्स, द वाशिङ्टन पोस्ट र द वाल स्ट्रीट जर्नलका पत्रकारहरूलाई उनीहरूसँग रहेको सञ्चारकर्मीको अनुमतिपत्र १० दिन भित्र फिर्ता गर्न निर्देशन दिएको हाे।
मन्त्रालयले चीनमा उनीहरूको गतिविधिबारे पनि सूचना माग गरेको छ। उक्त कदम अमेरिकामा ‘चिनियाँ सञ्चारमाध्यममाथि लगाइएको अनावश्यक प्रतिबन्धहरूको’ प्रतिक्रिया भएको चिनियाँ विदेश मन्त्रालयले उल्लेख गरेकाे छ। चीनका अर्धस्वायत्त क्षेत्र हङ्कङ र मकाउमा समेत ती अमेरिकी पत्रिकाका पत्रकारले काम गर्न नपाउनेगरी मन्त्रालयले प्रतिबन्ध लगाएको छ। चीनमा भन्दा ती स्थानमा बढी प्रेस स्वतन्त्रता भएकाे बीबीसीले जनाएकाे छ ।
यसै महिनाको आरम्भमा ट्रम्प प्रशासनले अमेरिकामा काम गर्ने चिनियाँ पत्रकारको सङ्ख्यामा सीमा तोकिदिएको थियो।’अमेरिकाले जे गरेको छ त्यो चिनियाँ सञ्चारमाध्यमप्रति लक्षित छ र यो शीतयुद्धको मानसिकता अनि वैचारिक पूर्वाग्रहमा आधारित छ,’ मङ्गलवार चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनको निर्णयलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै बेइजिङलाई त्यसबारे पुनस् विचार गर्न आग्रह गरेका छन्। मार्च महिनाको आरम्भमा अमेरिकाको विदेश मन्त्रालयले चिनियाँ समाचारसंस्था सिन्ह्वासहित पाँचवटा सञ्चारगृहलाई कर्मचारीको कुल सङ्ख्या १६० बाट घटाएर १०० मा पुर्याउन भनेको थियो।
गत महिना कोरोनाभाइरस सङ्क्रमणको प्रकोपबारे लेखिएको सम्पादकीयका कारण चीनले द वाल स्ट्रिट जर्नलका दुई पत्रकारलाई निष्कासन गरेको थियो। त्यसको प्रतिक्रियास्वरूप अमेरिकाले चिनियाँ पत्रकारको सङ्ख्या तोकिदिएको ठानिएको थियो।
केही समययता व्यापार, बौद्धिक सम्पत्तिको अधिकार र फाईभजी नेटवर्कजस्ता विषयमा चीन र अमेरिकाबीच विमति रहेको छ। त्यसबाट उनीहरूको सम्बन्ध चिसिएको छ। दुवै देशले एकअर्कालाई गलत सूचना फैलाएको आरोप लगाइरहेको अवस्थामा कोरोनाभाइरस सङ्क्रमणको महामारीले पनि तनाव थपेको छ। मङ्गलवार ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेपछि चिनियाँ पक्ष आक्रोशित भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार
शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार