पाकिस्तानी प्रधानमन्त्रीद्वारा कोभिड–१९ विरुद्ध राष्ट्रिय एकताको आग्रह
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार १९:३६:३४
चैत एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रलाई एक टेलिभिजनमा गरेको सम्बोधनमा कोभिड–१९ विरुद्धको युद्ध जित्ने जिम्मेवारीका साथ एकताको माग गरेका छन् ।
मङ्गलबार साँझ एक टेलिभिजनमार्फत प्रधानमन्त्रीले भने, “हामी जिम्मेवार राष्ट्र हौँ भनेर प्रमाणित गर्न हामीले आफूलाई र अरूलाई रक्षा गर्नु आवश्यक छ । सरकारले यस रोगलाई नियन्त्रण गर्न, स्वास्थ्य सेवा उपलब्ध गराउन र आपूर्ति सुनिश्चित गर्न यथासक्य प्रयास गर्नेछ ’ । खानले आफुलाई न्याय गर्न घरमै बसेर, सार्वजनिक सभामा उपस्थित हुनबाट जोगिँदै, अन्य सावधानी अपनाउनेहरू र कोभिड– १९ लक्षण भएमा मात्र मेडिकल जाँचको लागि सरकारलाई सहयोग गर्न मानिसहरूलाई भनेका छन्।
प्रधानमन्त्रीले मानिसहरुलाई यो रोगको विरूद्ध लड्न चीनबाट सिक्न आग्रह गर्नु भएको र भाइरस फैलाउन नदिने रोकथामको लागि चीनले गरेको सफल प्रयासको प्रशंसा गरेका छन् । पाकिस्तान निरन्तर चीनको सम्पर्कमा रहेको खानले बताए । चीनले पहिले नै पाकिस्तानलाई सहयोग गरिरहेको र तर पाकिस्तानले अझ बढी चीनबाट सिक्नु पर्ने आवश्यक रहेको खानले बताए ।
पाकिस्तानमा कम्तीमा २३५ जनालाई कोभिड–१९ पोजेटिभ देखिएको छ । कोरोना भाइरसबाट अर्थव्यवस्थामा पर्ने प्रभावलाई कसरी सामना गर्ने भन्ने विषयमा सरकारको आर्थिक कमिटीले निर्धारण गर्ने पनि उनले बताए। सरकारले निर्यातकर्ताहरू र नोक्सान भोग्नेहरूलाई सहयोग पु¥याउने पनि उनले बताए ।
देशले सबै सार्वजनिक र निजी शैक्षिक संस्थाहरू, विवाहका पार्टी हलहरू, सांस्कृतिक केन्द्रहरू, सिनेमाघरहरू बन्द गरेको छ, र सबै खेलकुद गतिविधिहरू र आधिकारिक कार्यक्रमहरू रद्द गरेको छ । पाकिस्तानले यसको पश्चिमी सीमाबाट ईरान र अफगानिस्तानबाट आउने नागरिकलाई पनि रोकेको बताइएको छ । साथै उक्त नाकाबाट सीमा पार गरी नागरिकलाई बाहिरिन पनि रोकेको बताइएको छ ।
देशले यस रोगका विरुद्ध लड्न विशेष कार्यक्रमका साथ अघि बढेको र केही व्यक्तिको परिचालन गर्नुको साथै देशका सबै नाकाहरुबाट प्रवेशमा कडाई गरेको छ । क्वारान्टाइन केन्द्रहरू पनि स्थापना भइरहेका प्रधानमन्त्रीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार
शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार