पिखुवा खोलामा मोटरेबल पुल निर्माण शुरु
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार १९:४२:१०
५ चैत, भोजपुर । जिल्लाको पिखुवा खोलामा पक्की मोटरेबल पुल निर्माण शुरु गरिएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत प्रदेश नं १ सरकारको रु छ करोड १३ लाख ५३ हजार लागतमा ७६ दशमलव तीन मिटर लामो मोटरेबल पक्की पुल निर्माण शुरु गरिएको हो ।
भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिकाको मानेभञ्ज्याङ जोड्ने सो पुलले दक्षिणी क्षेत्रका बासिन्दालाई आवतजावतमा सहजता हुनेछ । पुललाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गर्न पूर्वाधार विकास कार्यालयले नियमित अनुगमन गरिरहेको छ भने पुलमा प्रयोग हुने सबै सामग्री ल्याब परीक्षण गरेरमात्र प्रयोगमा ल्याइएको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले भने, “प्रदेश सरकारको बजेटमा जिल्लामा सञ्चालन भएको सायद मलाई लाग्छ यो सबैभन्दा लामो पुल हो, यसलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन हामी प्रतिबद्ध छौँ, यो प्रयोग हुने सबै सामग्रीको ल्याब टेस्ट गरिरहेका छौँ, नियमित अनुगमनसमेत गर्दै आएका छौ ।” पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले तोकिएको मापदण्डअनुसार समयमा सक्ने लक्ष्यका साथ काम भइरहेको जनाएको छ ।
जनप्रतिनिधि र स्थानीयवासीको सहयोग राम्रो रहेकाले काम गर्ने क्रममा प्राविधिक समस्या नआए तोकिएको समय अगावै काम सक्ने गरी जनशक्ति परिचालन गरेको कम्पनीको भनाइ छ । मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले भने, “यो हाम्रो जिल्लाको गौरवको योजना पनि हो, यसलाई कार्यालयले तोकेको मापदण्डअनुसार मैले काम गरिरहेको छ, काम गर्ने दौडानमा प्राविधिक समस्या देखिएन भने तोकिएको समयभन्दा अगावै काम सक्ने गरी यन्त्र उपकरणसँगै जनशक्ति परिचालन गरेको छु ।”
बर्षा शुरु भएपछि काममा बाधा हुने भएकाले यो समयमा कामलाई रातको समयमा समेत गर्ने गरेको श्रेष्ठले बताएका छन् । पुलको डिजाइन अवधि ५० वर्षको रहेको छ । सम्झौताअनुसार पुलको निर्माण दुई वर्ष अर्थात् २०७८ असारमा सम्पन्न गरिसक्नुपर्नेछ । पुल निर्माणले रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकाको सदरमुकामसँग सिधा पहुँच विस्तार हुनेछ । पुलको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत मङ्सिरमा शिलान्यास गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार