जाडोमा तातो र गर्मीमा चिसो हुने इन्टरलक इँटाको माग बढ्दो
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १३:७:१८
६ चैत, अछाम । यहाँ इन्टरलक इँटाको माग बढ्दै गइरहेको छ । मङ्गलसेन नगरपालिका–३ मा युवा उद्यमी एकेन्द्र बोगटीले पहिलोपटक यहाँ सञ्चालन गरेको सो उद्योगबाट उत्पादित इँटाको माग अत्याधिक बढ्दै गइरहेको जनाइएको छ ।
बहुउपयोगी रहेको इँटाको सदरमुकाम मङ्गलसेनमा निर्माण हुने निजी सार्वजनिक भवनमा सफल प्रयोग भइसकेको उनले जानकारी दिए । करिब रु पाँच लाखको लगानीमा २०७६ असार १८ गतेदेखि सञ्चालन भएको उद्योगबाट हालसम्म २३ हजार इँटा उत्पादन भई बिक्री भइसकेको छ । कारोवार झण्डै रु १२ लाख रहेको जनाइएको छ ।
बालुवा, सिमेन्ट र माटोको प्रयोगबाट निर्माण गरिने इँटा घर निर्माणमा सबै दृष्टिकोणले राम्रो रहेको बताइएको छ । इँटा उद्योग सञ्चालनका लागि रु तीन लाख ६५ हजार मेशिन खरिदमा लागेको र बाँकी ट्रष्ट निर्माणमा गरी करिब रु पाँच लाख खर्च भएको सञ्चालक बोगटीले बताए । छिटोछरितो, आकर्षक, भूकम्प प्रतिरोधी र कम लगानीमा घर निर्माण गर्न चाहनेका लागि इँटा निकै उपयोगी छ ।
इँटा उत्पादन हुनुपूर्व नै माग आउने गरेकाले मागअनुसार पूर्ति गर्न नसकिएको उनले जानकारी दिए। रातो इँटाभन्दा तीन भाग ठूलो इँटाको मूल्य प्रतिइँटा रु ५५ देखि ६० सम्म पर्ने बताइएको छ । इँटाको प्रयोगबाट घर निर्माण गर्दा प्लास्टर गर्नु नपर्ने, जाडोमा तातो र गर्मीमा चिसो हुने र छिटोछरितो घर निर्माण गर्न सकिने उनको भनाइ छ ।
सो उद्योगमा अहिले तीनजनाले रोजगारी पाएका छन् । अहिले दैनिक २५० इँटा उत्पादन भइरहेको छ । इँटाको गुणस्तर मापन भइसकेको र सरकारी प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्लाका स्थानीय तहमा निर्माण हुने भौतिक संरचनामा इँटा प्रयोग गर्न मिल्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार