कोरोना महामारीबाट इपिसेन्टर इटालीमा एकै दिन ४७५ जनाको मृत्यु
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १३:२६:४७
६ चैत, एजेन्सी । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमणको हालको इपिसेन्टर इटालीमा अवस्था अति भयावह बनेको छ । कोरोना कारण इटालीमा मृत्यु हुनेको संख्या तीव्र गतिमा बढेको छ ।
इटालीमा बुधबार एकै दिन ४७५ जनाको मृत्यु भएको छ । इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या झण्डै तीन हजार पुगेको छ । इटालीमा अहिलेसम्म ३५ हजार ७१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये चार हजार भन्दा बढी मानिस निको भएका छन् । इटालीको लोम्बार्डी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । सो क्षेत्रमा एकै दिन ३१९ जनाको मृत्यु भएको हो ।
गएको डिसेम्बरमा पहिलोपटक कोरोना भाइरस देखिएको चीनपछि सबैभन्दा बढी प्रभावित भएको देश हो इटाली । अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा ८ हजार ७५८ जनाको मृत्यु भएकोमा अधिकांश चीनका छन् । अहिलेसम्म दुई लाख भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये चीनसहितका एसियाली क्षेत्र र युरोपमा ८० प्रतिशत संक्रमित छन् ।
कोरोनाको संक्रमण बिस्तार हुन निदनका लागि विश्वका विभिन्न देशले कडा प्रयास गरेका छन् । सामाजिक दूरी कायम गर्ने, सार्वजनिक कार्यक्रमहरु रद्द गर्ने तथा हिँडडुलमा प्रतिबन्ध लगाउनेसहितका नियम लागु भएका छन् ।
इटाली विगत दुई हप्ता भन्दा बढी समयदेखि लक डाउनको अवस्थामा छ । तर विश्व स्वास्थ्य संगठनका प्रमुखले बुधबार कोरोनाको संक्रमण रोक्नका लागि देशहरु आइसोलेसनमा जानु पर्ने, परीक्षण र उपचारको व्यवस्था हुनु पर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली खेल्ने
मंसिर १७, २०८१ सोमबार
रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने
मंसिर १७, २०८१ सोमबार
रौतहटको गढीमाई –८ मा नेकपा एसको उम्मेदवार विजयी
मंसिर १७, २०८१ सोमबार