चिनियाँ उद्योगहरु खुले पनि अमेरिकाको चेतावनीले अर्थव्यवस्था प्रभावित
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार २३:१४:३८
६ फागुन एजेन्सी । कोरोना भाइरसका कारण एक महिनाभन्दा बढी समयदेखि बन्द रहेका चिनियाँ कलकारखानाहरु पुनः खोल्न चीनले तयारी गरेपनि संयुक्तराज्य अमेरिकाका संक्रामक रोग नियन्त्रण निकायहरुको नयाँ चेतावनीले अन्यौल बढाएको छ ।
अमेरिकी चेतावनीले खासगरी माइक्रोचिप्स र त्यसका लागि आवश्यक अरु सामानको आपूर्तिमा बाधा पु¥याउन सक्नेछ ।चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले कोरोना भाइरसमा विजय हासिल गरेपनि विश्वकै दोस्रो ठूलो चिनियाँ अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउने प्रयासमा अझै केही दिन ढिलाई हुने खतरा देखिएको छ । पश्चिमा देशहरूले उद्योगहरु बन्द गर्ने, मानिसको यात्रा सीमित गर्ने तथा मानिसलाई घरमै बस्न अनुरोध गरेका कारण विश्वव्यापी व्यापार गतिविधिमा दबाबको स्थिति छ ।
चिनियाँ उत्पादकहरूले एप्पल, सामसुङ र अन्य ब्रान्डका मोबाइल फोनको ८० प्रतिशतभन्दा बढी चीनमै उत्पादन गर्दछन् । चीनमा विश्वमै आधाभन्दा बढी पर्सनल कम्प्युटर, ठूलो संख्यामा घरयासी विद्युतीय र अरु सामान उत्पादन हुने गर्दछ । तर तिनीहरूलाई अमेरिकामा निर्मित प्रोसेसर चिप्स र अन्य उच्च कोटिका सामानहरु आवश्यक पर्दछ ।
यो स्पष्ट छैन, कोरोनाभाइरस नियन्त्रण गर्ने अमेरिकी प्रयासले व्यापारलाई कसरी असर गर्न सक्नेछ । हालसम्म नियन्त्रणका प्रयासहरु मुख्यरुपमा यात्रुहरूमा लागू भएका छन्, सामानमा होइन । अमेरिकी कारखानाहरू सीमित भएपनि सञ्चालनमा छन् । तर नेशनल फेडरेशन अफ इण्डिपेन्डेन्ट बिजनेसका अनुसार सर्भे गरिएका ३०० कम्पनीमध्ये करिब ३९ प्रतिशतले आपूर्ति अवरोध सामना गरिरहेका छन् ।
“अमेरिकामा दैनिक जीवनमा आउने अवरोधले निश्चय पनि चीनको उत्पादन गतिविधिमा अवरोध आउन सक्नेछ,” फिच सोल्युसनका जोखिम विश्लेषक ड्यारेन टेले बताए । बेइजिङले मानिसको आवतजावतमा लगाएका नियन्त्रणहरू खुकुलो बनाएको छ । शहरका सडकहरूमा मानिसको चहलपहल बढेको छ । उद्योगहरुले आपूर्ति सञ्जाल पुनर्निर्माण गर्दैछन् । चिनियाँ उद्योगले विश्वभर अटो पार्ट्स, माइक्रोचिप्स र अन्य सामान आपूर्ति गर्ने ठूलो सञ्जाल बनाएका छन् ।
अधिकारीहरूका अनुसार फलाम निर्माता र राज्यको स्वामित्वमा रहेका अन्य उद्योगहरू सामान्य अवस्थामा नै फर्किसकेका छन् । तर साना, निजी कम्पनीहरूको अवस्था निकै नाजूक छ । यी कम्पनीहरुलाई चीनको आर्थिक इञ्जिनका रुपमा लिइन्छ । यी कम्पनीहरुले कपडा, खेलौना र अन्य उपभोक्ता वस्तुहरू बनाउँछन् । अधिकांश यी कम्पनीहरु सामग्री वा कर्मचारीहरूको अभावका कारण बन्द गरिएका थिए ।
अमेरिकी चेम्बर अफ कमर्शका अनुसार संयुक्तराज्य अमेरिका, युरोप र अन्य एसियाली देशहरूमा सामानमा १५ प्रतिशत अभाव देखिएको छ । चीनपछि संयुक्तराज्य अमेरिकाबाट हुने आपूर्ति शृंखलामा ठूलो प्रभाव परेको छ । सर्वेक्षण गरिएका २३७ कम्पनीमा आधाभन्दा बढी अमेरिकी थिए र तीन तिहाई अमेरिकी निर्माता कम्पनीहरु थिए । “धेरै कम्पनीहरूले नियमित रूपमा जापान, दक्षिण कोरिया, इटाली र संयुक्तराज्य अमेरिकाबाट पठाइरहेका आफ्ना आवश्यक वस्तुहरूको ठूलो सम्झौता गरेका थिए, जुन प्रकोपबाट अहिले दबाबमा छन्” चेम्बरको प्रतिवेदनमा उल्लेख छ ।
आईडीसीका अनुसार चिनियाँ आपूर्तिकर्तामा आएको समस्याबाट स्मार्टफोनको उत्पादनमा ठूलो असर पर्नेछ । जर्मनी, जापान र दक्षिण कोरियाले पनि माइक्रोप्रोसेसर र अन्य स्मार्टफोन कम्पोनेन्टहरू आपूर्ति गर्दछन्, तर सबैभन्दा उन्नत चिप उत्पादक अमेरिकी हुन् ।
चिनियाँ स्मार्टफोन उत्पादक हुवावेले स्मार्टफोन र नेटवर्क उपकरण निर्माणमा कुनै समस्या नपर्ने जनाएको छ । कार उत्पादनमा पनि अमेरिकी बजार र उद्योगमा आएको समस्याले आपूर्ति शृंखला बिगारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार
शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार