अनुगमनलाई चुस्त बनाउँदै काभ्रे जिल्ला प्रशासन
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार १६:८:३९
७ चैत, बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेले दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन नदिन प्रभावकारी अनुगमन शुरु गरेको छ ।
कोभिड–१९ को जोखिमले बजारमा उपभोग्य वस्तु लगायत ग्यासको अभाव भएको जनगुनासो बढेपछि प्रशासनले अनुगमन शुरु गरेको हो । बिहीबार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि खगेन्द्र सुवेदीको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनी, बनेपा नगरपालिकाका प्रतिनिधि सुदर्शन कारञ्जित, काभ्रे उद्योग वाणिज्य सङ्घका महासचिव कैलाश पलाञ्चोके, इलाका प्रहरी कार्यालयका प्रतिनिधि विष्णु सापकोटालगायतको संयुक्त टोलीले विभिन्न ग्यास उद्योग अनुगमन गरेको हो । यसक्रममा टोलीले बनेपा नगरपालिका–४ मा रहेको सगरमाथा ग्यास उद्योग र वडा नं १० मा रहेको सूर्य ग्यास र चण्डी ग्यास उद्योगमा अनुगमन गरेको हो ।
उपभोक्ताले आवश्यकभन्दा बढी भण्डारण गर्न थालेका कारण यस्तो समस्या भएको पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनको क्रममा ती उद्योगले बजारको मागअनुसार ग्यास डिलरलाई पठाइरहेको पाइएको जनाएको छ । उद्योगले पहिलाको भन्दा दुई गुणा ग्यास बजारमा वितरण गरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुडासैनीले जानकारी दिए । “ग्यास उद्योगले निरन्तर ग्यास बजारमा पठाए पनि उपभोक्तले अभाव हुने हो कि भनी सञ्चय गरेका कारण बजारमा ग्याँस अभावको हल्ला चलेको पाईएको छ ।”
अन्य समयभन्दा आजकाल दुईगुणा बजारमा पठाइरहेको सो उद्योगका व्यवस्थापक रोशन नापितले बताए । “हामीले पहिलाको भन्दा दुई गुणा ग्यासका सिलिण्डर बजारमा पठाएका छौँ”, उनले भने, “अझै पनि बजामार माग धेरै छ ।” सूर्य ग्यास उद्योगबाट पनि पहिलेको भन्दा बढी ग्यास बजारमा पठाएको उद्योगले जनाएको छ । अरु बेला दैनिक सात÷आठ सय सिलिण्डर बजारमा पठाउने गरेकामा अहिले दैनिक एक हजार ८०० सिलिण्डर ग्यास पठाउँदा पनि माग आउने क्रम जारी रहेको जनाएको छ ।
अनुगमनको क्रममा उद्योगमा साइनबोर्ड नभएको पाइएको भन्दै तत्काल साइनबोर्ड राख्न निर्देशन दिएको छ । त्यस्तै ग्यासको वितरण सहज, न्यायोचित र डिलरहरूलाई निरन्तर ग्यास उपलब्ध गराउनसमेत अनुगमन टोलीले निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार