कोरोनाबाट इटालीमा एकै दिन ६२७ जनाको मृत्यु, वृद्धवृद्धा उच्च जोखिममा
नेपालबहस संवाददाता
चैत ८, २०७६ शनिबार १८:४८:११
८ चैत, एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण इटालीमा एकै दिन ६४७ जनाको मृत्यु भएको इटालीका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो सहित इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ ।
एक महिनाअघि भाइरसको संक्रमण देखिएयता इटालीमा भयावह अवस्था सिर्जना भएको छ । चीनपछि सबैभन्दा बढी व्यक्तिको इटालीमा मृत्यु भएको छ भने संक्रमित व्यक्तिको संख्या पनि चीनपछि इटालीमै देखिएको छ । चीनमा करिब ३ हजार २५५ जनाको मृत्यु भएको थियो ।
इटालीको नागरिक सुरक्षा निकायका अनुसार इटालीमा कूल संक्रमितको संख्या ४७ हजार २१ पुगेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार यो संख्या करिब १४.६ प्रतिशतले वृद्धि भएको हो । इटालीको राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट ‘आइएसएस’ का अनुसार मृत्यु भएका व्यक्तिहरुको औसत उमेर ७८.५ वर्ष रहेको छ । मृत्यु भएकामध्ये सबैभन्दा कम उमेरका व्यक्ति ३१ वर्षका थिए भने सबैभन्दा बढी उमेरका व्यक्ति १०३ वर्षका थिए । त्यस्तै मृत्यु भएकामध्ये ४१ प्रतिशत ८० देखि ८९ वर्षका तथा ३५ प्रतिशत व्यक्ति ७० देखि ७९ वर्ष उमेरका थिए ।
इटालीमा जापानपछि विश्वमै सबैभन्दा बढी बुढ्यौली उमेरका व्यक्ति रहेका छन् । मुलुकको कूल जनसंख्याको करिब २३ प्रतिशतको उमेर ६५ वर्षभन्दा माथि छ । चिकित्सा विज्ञहरुको भनाईमा विश्वका अन्य भागको तुलनामा यहाँ मृत्युदर बढी किन भइरहेको छ भन्ने यही तथ्याँकले नै पुष्टी गर्दछ ।
मृत्यु भएका ३ हजार २०० व्यक्तिको सर्वेक्षणका आधारमा तयार पारिएको आइएसएसको प्रतिवेदनमा मृतकमध्ये ७०.६ प्रतिशत पुरुष र २९.४ प्रतिशत महिला रहेको उल्लेख छ । तुलनात्मक रुपमा कोरोना संक्रमित व्यक्तिको औसत उमेर ६३ वर्ष रहेको छ ।
अध्ययनमा समेटिएका ४८१ जना मृतक व्यक्तिको गहिरो विश्लेषण गर्दा झण्डै ९९ प्रतिशतमा एक वा त्योभन्दा बढी किसिमका रोगबाट पीडित भएको देखिएको छ । करिब ७३.८ प्रतिशत व्यक्तिमा उच्च रक्तचाप थियो भने ३४ प्रतिशतमा मधुमेह र ३०.१ प्रतिशतमा मुटुरोग थियो । अस्पतालमा भर्ना हुँदा ७६ प्रतिशतमा ज्वरो आएको थियो भने ७३ प्रतिशतलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । करिब ४० प्रतिशतमा खोकी थियो भने ८ प्रतिशत व्यक्तिमा झाडापखाला लागेको थियो ।
प्रतिवेदनमा औसत रुपमा रोगको लक्षण देखिएपछि ८ दिनभित्र मानिसको मृत्यु उल्लेख छ । यी मानिसहरु औसतमा चार दिनमात्र अस्पतालमा भर्ना भएको पाइएको छ । सर्वेक्षणमा समेटिएका ३ हजार २०० मृत्युमध्ये ९ जना मात्र ४० वर्षभन्दा मुनिका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार