रिचार्जरबाट सामान किन्दा फेस मास्क र स्यानीटाइजर निशुल्क
नेपालबहस संवाददाता
चैत ११, २०७६ मंगलबार १४:८:४
११ चैत्र, काठमाडौं । मोबाइल एप रिचार्जरले एपबाट सामान खरिद गर्ने सेवाग्राहीलाई फेस मास्क तथा स्यानीटाइजर निशुल्क उपलब्ध गराउने भएको छ । रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टा भित्र काठमाण्डौं उपत्यकामा सामान डेलिभरी हुने रिचार्जरले जनाएको छ ।
कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन अनुरोध गरिरहेको छ । यो अवस्थामा हामीले सर्वसाधारणको आवश्यक्ता पुरा गराउनका लागि यस्तो अभियान चलाएका हौं’ ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । बजारमा मास्क र स्यानिटाइजरको अभाव भैरहेका बेला रिचार्जरबाट विद्युतीय उपकरण खरिद गर्दा निशुल्क मास्क र स्यानिटाइजर बितरण गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ ।
मोबाइल फोन, टेलिभिजन, ल्यापटप लगायतका उपकरण खरिद हरेक ग्राहले मास्क र स्यानिटाइजर निशुल्क पाउने छन् । यसका साथै घरबाट बाहिर निस्किन नमिल्ने अवस्थालाई ध्यानमा राख्दै मोबाइल एप बाट नै रकम भुक्तानी तथा किस्ताबन्दीको आवश्यक प्रकृया पुरा गर्ने व्यवस्था मिलाइएको रिचार्जरले जनाएको छ । किस्ताबन्दीमा सामान किन्न चाहनेहरुले शुन्य प्रतिशत व्याजदरमा सामान खरिद गर्न सक्ने छन् ।
विभिन्न वाणिज्य बैंकको इन्टरनेट बैंकिंग, विद्युतीय भुक्तानी सेवाप्रदायकका प्रयोगकर्ताले मोबाइल एपबाट सामान खरिद गरे पछि सिधै रकम भुक्तानी गर्न सक्छन् । गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १०० क्यास प्वाइन्ट पाउछन् । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार