ओलीलाई भेट्न अस्पताल पुगे प्रचण्ड
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार २२:३९:४७
१४ चैत्र, काठमाडौं । गए राति एक्कासी मुटुको चालमा गडबडी भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अपरान्ह अस्पताल पुगेका छन् ।
बिहीबार राति ११ बजे मुटुमा समस्या देखिए लगत्तै महाराजगञ्जस्थित शिक्षण अस्पताल पु¥याइएका प्रधानमन्त्री ओलीको स्वास्थ अवस्थाबारे बुझ्न प्रचण्ड जानु भएको प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए । करिब आधा घण्टाको भेटघाटका क्रममा दुवै नेताले ओलीको स्वास्थ्य अवस्थाका साथै कोरोना भाइरसको जोखिम कम गर्न चालिएको कदमबारे छलफल गरेका थिए ।
प्रधानमन्त्री ओलीको सबै परीक्षण भएको र सन्तोषजनक रिपोर्ट आएकाले संभवत : आज साँझ नै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ । ओलीले गत फागुन २१ गते सोही अस्पतालमा दोस्रो पटक मृगौला प्रत्यारोपण गरेका थिए । लगत्तै राजनीतिक गतिविधिमा संलग्न ओलीले गएको आइतबार चार घण्टासम्म मन्त्रिपरिषद बैठकमा सहभागिता जनाएका थिए ।
चिकित्सकहरुको सल्लाह विपरित ओली बढी सक्रिय भएको भन्दै उनका निजी चिकित्सक डा. दिव्या सिंह शाह असन्तुष्ट थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार