राष्ट्रपति ट्रम्पको आग्रह : कोविड–१९ को महामारीलाई मिलेर सामना गरौं
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार २२:५५:१२
१४ चैत्र, एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध युद्धस्तरमा लड्न आग्रह गरेका छन् ।
विश्वका प्रमुख २० वटा औद्योगिक राष्ट्रहरुको समूह जी–२० को शिखर बैठकलाई भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसका कारण सिर्जित स्वास्थ्य एवं आर्थिक समस्यासँग जुध्न बहुपक्षीय सहयोग आवश्यक रहेकामा जोड दिए ।
राष्ट्रपति सीले भने, “अन्तर्राष्ट्रिय समुदायले आफ्नो आत्मविश्वासलाई अझ सुदृढ गर्नु आवश्यक छ, एकताबद्ध भएर कार्य गर्नु पर्दछ र मिलेर नै समस्या सुल्झाउनु पर्दछ ।” प्रमुख संक्रामक रोगहरु सबैका साझा शत्रु हुन् भन्दै राष्ट्रपति सीले कोविड–१९ जस्ता महामारीलाई विश्वले नै परास्त गरी मानवजातिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो भने।
विश्वभर ठूलो संख्यामा मानिसहरु कोविड–१९ को महामारीका कारण संक्रमित भएका र मृतकको संख्या बढ्दै गएको अवस्थामा जी–२० को शिखर बैठक हो । यसपटकको बैठकलाई लाइभस्ट्रिमिङ मार्फत् संचालन गरिएको थियो ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसका कारण विश्वभर पाँच लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भन् २४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । राष्ट्रपति सीले सूचना आदानप्रदान गर्न, औषधि, खोप र महामारी नियन्त्रण सम्बन्धी पारस्परिक सहयोगलाई थप सुदृढ गर्न तथा संक्रमण रोक्न अन्तरदेशीय सीमा बन्द गर्न तत्कालै स्वास्थ्य मन्त्रीहरुको बैठक आयोजना गर्नु पर्नेमा जोड दिए ।
जी–२० को यस पटकको बैठकको अध्यक्षता साउदी अरेबियाका राजा सल्मान बिन अब्दुलाजिज अल साउदले गरेका थिए । यसवर्ष जी–२० को अध्यक्षता साउदी अरेबियाले गरेको छ । शिखर बैठकमा सम्बोधन गर्दै विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेड्रोस अधानोम घेब्रेससले विश्वभर चुनौतीको रुपमा देखिएको कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउने उपायको खोजीमा आफ्नो संस्थाले प्रयास जारी रहेको बताए ।
उनले विश्वका सबैजसो मुलुकले भाइरसको प्रसार रोक्न अभूतपूर्व प्रयास गरेकामा आभार व्यक्त गरे । शिखर बैठकको अध्यक्षता गरेको साउदी अरेबियाका राजा सल्मानले भाइरस नियन्त्रणको खोप निर्माणका लागि अनुसन्धान र समन्वय गर्न विश्वका प्रविधिमा दक्ष मुलुकहरु समक्ष आग्रह गरे।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले महामारी नियन्त्रणमा वैज्ञानिक खोज सम्बन्धी गठबन्धनलाई बेलायतका तर्फबाट थप रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । साथै उनले कोरोना भाइरसको खोप निर्माणका लागि बेलायत सरकारले ३ करोड २ लाख डलर प्रदान गर्ने घोषणा गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “हामीले समस्याका बारेमा छलफल गरेका छौं । आशा छ, यो समस्या लामो अवधिसम्म रहने छैन । संयुक्तराज्य अमेरिकाले कोरोना भाइरसको संक्रमण रोक्नका लागि मित्रहरु र साझेदारहरुसँग मिलेर कार्य गरिरहेको छ ।”
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, जर्मन चान्सलर एन्जेला मर्केल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानका प्रधानमन्त्री शिन्जो आबे र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो समेतका नेताहरुले कोरोना भाइरसको त्रासदीबाट आमजनतालाई बचाउन हालसम्म गरिएका प्रयासका बारेमा चर्चा गर्दै विश्व अर्थतन्त्र र जनस्वास्थ्यलाई ठीक ठाउँमा ल्याउन थप साझा प्रयास आवश्यक छ भन्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा एमाले भन्दा कांग्रेस ५७२ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
मिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
मंसिर १७, २०८१ सोमबार
१९.९७ अंकले बढेर २७५८ विन्दुमा उक्लियो नेप्से, १० अर्ब ५४ करोडमाथिका शेयर किनबेच
मंसिर १७, २०८१ सोमबार
११ महिनापछि पेशी चढेको रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १७, २०८१ सोमबार
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार