कोरोनाको कहर भन्दा सरकारको भाटाको डर
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १६:३१:५८
१६ चैत्र, काठमाडौं । बेला रहुञ्जेल देशमा जनताका लागि आवश्यक पर्ने अस्पताल निर्माण नगर्ने, भएका अस्पतालहरुमा पनि समयमै आवश्यक मात्रामा डाक्टर र उपकरणको ब्यवस्था गर्न नसक्ने, शिक्षा, स्वास्थ्य, सञ्चार, जस्ता जनताका संवेदनशील क्षेत्रमा सरकारको निजी क्षेत्रको भर पर्ने परिपार्टी, सरकारी लगानीमा हुने ठेक्कापट्टाहरुमा कमिशनखोरी र यसबाट हुने ढिलासुस्ती जस्ता अनेकौ सास्ती ब्यहोर्दै आईरहेका नेपाली नागरिकहरु भने समय घर्किदाँसम्म र कालले पर्खिदासम्म पनि कुनै प्रकारको बिरोध र प्रतिक्रिया नदेखाई आफ्ना नेता र सिंगो मुलुकप्रति अति नै उदार, आज्ञाकारी र दानवीर देखिन्छन् ।
आफु हजारौं प्रकारका रोगहरुको पोको बोकेर र आफ्ना थाप्लामा सिंगो मुलुकको ऋण बोकेर भएपनि आफ्नाे आशाका केन्द्रका रुपमा रहेका विश्वकै उदाहरणीय नेतालाई अलिकति रुघोखोकी लाग्दादेखि श्रीमतिको मन बहलाउनसम्म सिंगापुर, बैंकक र अमेरीकासम्म औषधोपचार गर्न पठाउन सक्ने नागरिकहरुका लागि मात्र हैन स्वयं नेताको पगरी गुथेका, देश चुसेर खोस्टो मात्र बाँकी राखेका, राजधानी र देशका मुख्य शहरहरुलाई आफ्नाे पुख्यौली सम्पत्ति र बिर्ता ठानेका, नागरिकलाई समस्या पर्दा सुधार गृहमा झै आफु चुपचाप घुसेर बसेका, म सुतेर देश चलाउँछु, जनतालाई घरमै दालचामलको ब्यवस्था मिलाउछु भन्नेहरुको समेत विश्वमा नै महामारीको रुपमा देखिएको कोरोना भाईरसको त्रासबाट देश र जनतालाई आश्वस्त पार्दै वर्तमान समस्याको समाधानमा नेतृत्व वर्गको परीक्षाको घडी शुरु भएको छ ।
बाँसका खाबाँ गाडेर त्रिपालले घेराबेरा गरिएका हरिया र राता रंगका टहराहरुको फोटो फेसबुकमा पोष्ट्याउदै यति शैयाको क्वारेनटाईन निर्माण गरेको हवाला दिदैमा के त्यहाँ आफ्ना बिरामी आमाबुबा तथा आफन्तहरु राख्न कोही तैयार होलान र ? बिना उपकरण र विशेष तैयारी बिना गन्तीका लागि बनाईएका यस्ता टहराहरुमा बिरामी राख्न मिल्ला र ??
देशभित्र र देशबाहिर रहेका आफ्ना नागरिकको जिउज्यानको सुरक्षाका लागि सरकारले अहिलेसम्म कुनै गतिलो कदम उठाएको भने देखिदैन । देशका सीमानामा आफ्ना देशका नागरिक घर फर्कन पाउँ भन्दै रोईरहेका छन् । विदेशमा रहेका नेपालीहरुको अर्कै कहालीलाग्दो वातावरणमा जीवन बचाउने योजनामा छन् । देशलाई नै पूर्णरुपमा बन्द गराएपछि सबै समस्या समाधान हुन्छ भनेर सरकारले सोचेको छ भने त्यो चाँहि सरकारको भूल हुनेछ । खुल्ला सीमानाकाको फाईदा उठाउँदै बिहारका साधु र मगन्ते भिखारीहरु नेपाल भित्र्याए झै संक्रमितहरु नेपाल भित्रिने संभावना अत्यधिक छ । मुलुक नै लकडाउन गरेपछि सतहमा देखिएका समस्याहरु समाधान हुने हैन बरु यसले थप समस्याहरु निम्त्याउने भने निश्चित छ । बाँसका खाबाँ गाडेर त्रिपालले घेराबेरा गरिएका हरिया र राता रंगका टहराहरुको फोटो फेसबुकमा पोष्ट्याउदै यति शैयाको क्वारेनटाईन निर्माण गरेको हवाला दिदैमा के त्यहाँ आफ्ना बिरामी आमाबुबा तथा आफन्तहरु राख्न कोही तैयार होलान र ? बिना उपकरण र विशेष तैयारी बिना गन्तीका लागि बनाईएका यस्ता टहराहरुमा बिरामी राख्न मिल्ला र ??
प्रहरी मेरो साथी अथवा जनता र प्रहरी सँगसँगै भन्ने नारा अब एकादेशको कथा भैसकेको छ । समस्याको समाधानको लागि प्रहरी कहाँ जानु त कता हो कता प्रहरीको छेउ नपरेकै जाति भन्ने आभाष नागरिकहरुमा पर्दै गैरहेको छ । सामाजिक सञ्जालमा मरणाशन्न हुनेगरी कुटिएका नेपालीका दृष्यहरु हेरेर नागरिकले प्रहरीबाट कस्तो सहयोगको अपेक्षा राख्नु ? हातमा डण्डा पर्ने बित्तिकै मानवता भुल्ने व्यवहारले नागरिक र प्रहरी बीचको सम्बन्धलाई थप दरिलो बनाउँदैन
सरकारले नागरिकका यसप्रकारका समस्याहरुको बेवास्ता गर्यो भने र आमनागरिकहरु झनंै समस्यामा पर्दै गए भने जनता घरको कोठा भित्रमात्रै गुम्सिएर बसिरहलान भन्न सकिन्न । यदि नागरिकहरु भोकमरीको चपेटामा पर्ने अवस्था आयो भने, कँही कतै औषधि उपचार पाउन सकेनन् भने, दैनिक खाद्यान्नको आपूर्तिमा समस्या देखियो अथवा अभाव भोग्नु पर्यो भने र आम नागरिकमा विभिन्न प्रकारका अनावश्यक डर र त्रासका कारण थप मानसिक पिडामा बाँच्न बाध्य हुनुपर्यो भने, जनतामा रहेको धैर्यताको बाँध फुटन सक्छ । यसले मुलुक भित्रै दोश्रो ठूलो महामारीको रुप लिन बेर हुने छैन । यसप्रति पनि सरकार उत्तिकै सचेत हुन जरुरी छ ।
आफ्नाे हैसियत भन्दा माथि पुगेको आभाष पाएपछि मानिसले देखाउने भनेकै रमिता हो । ईटहरीका जनप्रतिनिधिका प्रमुख पात्र मेयर सावको पनि बेला बेलामा मगज बिग्रिएझै देखिन्छ । पत्रकार देख्ने बित्तिकै चढने गरेको उनको पारो मुलुकमा कोरोना भाईरसको कन्फरेन्स भैसक्दा समेत ओर्लिने कुनै छाँट भने देखिदैन ।
प्रहरी मेरो साथी अथवा जनता र प्रहरी सँगसँगै भन्ने नारा अब एकादेशको कथा भैसकेको छ । समस्याको समाधानको लागि प्रहरी कहाँ जानु त कता हो कता प्रहरीको छेउ नपरेकै जाति भन्ने आभाष नागरिकहरुमा पर्दै गैरहेको छ । सामाजिक सञ्जालमा मरणाशन्न हुनेगरी कुटिएका नेपालीका दृष्यहरु हेरेर नागरिकले प्रहरीबाट कस्तो सहयोगको अपेक्षा राख्नु ? हातमा डण्डा पर्ने बित्तिकै मानवता भुल्ने व्यवहारले नागरिक र प्रहरी बीचको सम्बन्धलाई थप दरिलो बनाउँदैन । कोही कोही फेसबुके मकै ज्योतिषीहरु पुलिसको कार्यवाही ठिकै हो भन्दै नागरिकलाई थप आक्रान्त बनाउदैछन् भने कोही प्रहरीसँग जनतालाई संझाउने, बुझाउने हिम्मत नभएपछि डण्डाको सहारा लिने गरेको बताउँछन् । दुवै तर्कका आ आफ्नै रेडिमेड उत्तरहरु होलान तर प्रहरीको आफ्नै नागरिकप्रतिको यस्तो व्यवहारले आम नागरिकमा नैराश्यता बढने भने निश्चित छ ।
जनताका मतले मात्तिएका असनका साँढेहरु अहिले मुलुकैभरी छरपस्ट रुपमा आफ्नाे असली हैसियत देखाउँदैछन् । बेला बेलामा अपशब्द उकेल्नु आफ्नाे पुख्र्यौली परम्परा मान्ने यस्ता जनताका प्रतिनिधि पात्रहरुहरुले कोही कसैलाई अपशब्द भनि हालेपनि खाँसै अनौठो नमाने हुने भएको छ । आफ्नाे हैसियत भन्दा माथि पुगेको आभाष पाएपछि मानिसले देखाउने भनेकै रमिता हो । ईटहरीका जनप्रतिनिधिका प्रमुख पात्र मेयर सावको पनि बेला बेलामा मगज बिग्रिएझै देखिन्छ । पत्रकार देख्ने बित्तिकै चढने गरेको उनको पारो मुलुकमा कोरोना भाईरसको कन्फरेन्स भैसक्दा समेत ओर्लिने कुनै छाँट भने देखिदैन ।
आफैं आफ्ना जनता कुटन सक्षम मेयरसाव उपस्थित भएपछि त्यस क्षेत्रमा राज्यका प्रहरी प्रशासनको अचाक्ली खर्च किन ब्यहोर्नु सरकार ?? मेयरसाव, मेयरसावका नातागोता, कुण्डले, मण्डले, पाखुरे, लुखुरे वरिपरि राखेर दुईचार घना बाँसको ब्यवस्था गरिदिए पुग्दैन र ?
भाटाकाण्डमा प्रहरी र नागरिक पौठेजोरी चलिरहेको अवस्थामा र प्रहरी र नागरिक बीच अझैपनि मित्रता कायम भै नरहेको बर्तमान अवस्थामा केही जनप्रतिनिधिहरु प्रहरीको समेत भूमिका र ड्यूटी निर्वाह गर्न भाटा लिएर सडकमा आएका समाचारले अर्कोतर्फ सामाजिक सञ्जाल तताएको छ । आफैं आफ्ना जनता कुटन सक्षम मेयरसाव उपस्थित भएपछि त्यस क्षेत्रमा राज्यका प्रहरी प्रशासनको अचाक्ली खर्च किन ब्यहोर्नु सरकार ?? मेयरसाव, मेयरसावका नातागोता, कुण्डले, मण्डले, पाखुरे, लुखुरे वरिपरि राखेर दुईचार घना बाँसको ब्यवस्था गरिदिए पुग्दैन र ?
यस्तो कार्य गर्दैमा मेयरसावले कतिवटा कोरोना खसालिसक्नु भो ? वरिपरिका दर्शकले गणना गरेकै होलान । यसको विस्तृत विवरण मेयरसावले आउँदो नगरपरिषदमा पक्कै पनि प्रस्तुत गर्नु हुने नै छ । यस्ता कामका लागि नगरपालिकाले मेयरसावलाई फुलमाला र रथयात्राको ब्यवस्था पक्कै पनि मिलाउला । तर जनताको प्रतिनिधि भएर आफै कानून हातमा लिंदै तगाराको घोचो च्यापेर बिशेष काममा औषधि पसल, किराना पसल र ग्याँस पसलमा जान लागेका निहत्था बबुरा बालबालिकाहरु माथि थला पर्ने गरी कठबाँसको डण्डा बर्साउँदा उनमा रहेको मानवता कतै पाहुना लाग्न गएको त थिएन ? मेयरसावको यस कार्यमा पाएको स्याबासीको समयाबधि कति लामो रहने हो ? यो त समयले देखाउला तर आमनागरिकले आफ्नाे अभिभावक ठानेका ब्यक्तिबाट ती अबोध र निहत्था आफ्नै नागरिकलाई एकपटक संझाउने समेत आवश्यकता नठानी गुण्डागर्दी शैलीमा प्रहरीको समेत जिम्मेवारी वहन गरेको देख्दा मेयरसाव जनप्रतिनिधि हैन मेजरसावमा फिट हुने चै पक्कै देखियो । नगरपिताका यस्ता गतिविधिहरुले मुख हुँदाहुँदै नाकले पानी खाने नेपाली परम्परा जस्तोसुकै परिस्थितिमा पनि नजाने चाँही पक्का देखियो ।
अस्पतालमा रहेका डाक्टरहरुलाई पीपीईसहित अन्य आवश्यक उपकरण बिना नै उपचारमा मात्रै संलग्न गराउने हो भने अबको केही दिनपछि नागरिकहरु मात्र हैन अधिकांश डाक्टर तथा स्वास्थ्यकर्मीहरु आफै आईशोलेशनमा, आई.सि.यू.मा, क्वारेन्टाईनमा, पुग्नुपर्ने अवस्था आउन बेर छैन । यस्तो अवस्थामा स्वयं डाक्टर नै बिरामी परे भने कसले गर्ला नागरिकको औषधोपचार ?? त्यसबेलासम्ममा कति बिरामी खुल्ला सीमानाको प्रयोग गरेर बिभिन्न बाटो हुँदै नेपाल भित्रिने हुन ?? त्यसबेलासम्ममा कतिलाई रोगको महामारी सरिसकेको हुने हो ?? अनि त्यसबेलामा डाक्टरको टेण्डर गरेर केही उपलब्धि होला र सरकार ??
उता अस्पतालमा डाक्टरहरुलाई आवश्यक पर्ने उपकरणहरु नभएर उपचारका लागि अस्पतालसम्म आएका आमनागरिक निराशाको पोको बाकेर घर फर्कन बाध्य छन् । नागरिकहरु कोरोना भाईरसको अचुक औषधिको रुपमा ब्यापक प्रचारप्रसार गरिएको जाबो दश रुपैयाँको माक्स किन्न समेत नपाएर हैरानी बेहोरिरहेका छन् । अस्पतालमा बिरामीको उपचारका लागि खटिएका डाक्टरहरु भाईरसको संक्रमण भन्दा बतासे समाचारले ल्याएको दुर्गन्धित हल्लाले चिन्तित छन् । बिभिन्न मुलुकका तथ्यांकगत बढोत्तरीले सबैको मनको ढ्या∙रो बजाएको छ । डाक्टरहरु अस्पतालमा आवश्यक उपकरण नभएकोले उपचारमा समस्या आएको बताउँछन् । अस्पतालमा रहेका डाक्टरहरुलाई पीपीईसहित अन्य आवश्यक उपकरण बिना नै उपचारमा मात्रै संलग्न गराउने हो भने अबको केही दिनपछि नागरिकहरु मात्र हैन अधिकांश डाक्टर तथा स्वास्थ्यकर्मीहरु आफै आईशोलेशनमा, आई.सि.यू.मा, क्वारेन्टाईनमा, पुग्नुपर्ने अवस्था आउन बेर छैन । यस्तो अवस्थामा स्वयं डाक्टर नै बिरामी परे भने कसले गर्ला नागरिकको औषधोपचार ?? त्यसबेलासम्ममा कति बिरामी खुल्ला सीमानाको प्रयोग गरेर बिभिन्न बाटो हुँदै नेपाल भित्रिने हुन ?? त्यसबेलासम्ममा कतिलाई रोगको महामारी सरिसकेको हुने हो ?? अनि त्यसबेलामा डाक्टरको टेण्डर गरेर केही उपलब्धि होला र सरकार ??
त्यसकारण आम नागरिकको सरकारसँग एउटै मात्र माग रहेको छ । देशमा रहेका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई सबैलाई यथेष्ट पुग्ने गरी आवश्यक पीपीई लगायतका अन्य सम्पूर्ण सुरक्षा उपकरणहरु सरकारले तत्काल उपलब्ध गराउनु पर्छ । उपचारमा संलग्न डाक्टरहरु आफु सुरक्षित भएको पूर्ण आभास भएमा बिरामी नागरिकले पनि राम्रो र भरपर्दो उपचार पाउनेछन् । स्वयं डाक्टरहरु नै आफु डराई डराई गरिएको उपचारबाट बिरामीले कस्तो सेवा पाउलान ? त्यसैगरी सिंगो मुलुक लकडाउनमा रहेको बेला सडकमा रातदिन नभनी नागरिकको सुरक्षाका लागि अहोरात्र खटिएका सुरक्षा निकायका प्रतिनिधिहरुलाई सुरक्षित रहन सक्ने प्रभावकारी मास्क र अन्य आवश्यक बन्दोबस्तीका सामाग्रीहरु उपलब्ध गराउन कन्जुस्याँई नहोस् । चौबिसै घण्टा सडकमा ड्यूटीमा बस्ने नेपाल आमाका बहादुर छोराछोरीहरुलाई यस्तो बिषम परिस्थिति भरी थप तलब र भत्ताको ब्यवस्था मिलाईयोस् ।
देशका सबै नागरिक अहिले पनि हप्तौसम्म खान पुग्ने अवस्थाका छैनन् भन्ने हेक्का त सरकारलाई पनि पक्कै हुनुपर्ने हो । दैनिक ज्यालादारीमा काम गर्न जान नपाएपछि बिहान बेलुका चुल्हो बल्न समस्या हुने नागरिकको हकमा सरकारको तत्काल धारणा सार्वजनिक हुनु आवश्यक छ । जनावरलाई त थुनेर राखे पछि खाद्यान्नको ब्यवस्था मिलाउनु पर्छ भने तमाम नेपाली नागरिकलाई महामारीको डर र त्रासमा अघोषित कैदी सरह घरभित्रै थुनिएर बस्न बाध्य पार्नसक्ने सरकारले सम्पन्नलाई त परेन गरिबको चुल्हो बल्ने र गरिबको ब्यवहार चल्नेसम्मको ब्यवस्था मिलाईयोस् ।
कोरोनाको कहर भन्दा सरकारको भाटाको डर भो नागरिकलाई । बिना खाद्यान्न भोकै नागरिक मर्ने अवस्थाबाट चाँडै निकास निकाली कुनैपनि नागरिकलाई खान नपाई मर्ने अवस्था आउन नदिने सरकारको प्याकेजसहितको घोषणा र आश्वासनसहितको सम्बोधनको पर्खाईमा आमनागरिकहरु अहिले पनि व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार