अष्ट्रेलियाबाट नेपाली विद्यार्थी फिर्ता हुन चाहे शुल्क फिर्ताको माग
नेपालबहस संवाददाता
चैत १६, २०७६ आइतबार १६:३२:७
१६ चैत्र काठमाडौं । शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयसँग माग गरेका छन् ।
शैक्षिक परामर्श सङ्घ ‘इक्यान’ का अध्यक्ष प्रकाश पाण्डेसहित परामर्शदायी संस्थाका सञ्जालहरु फेकन, आइरिन, नायर र एकाका प्रतिनिधिले विज्ञप्ति जारी गरी नेपालस्थित अष्ट्रेलियन राजदूत, भारतस्थित अष्ट्रेलियन हाइ कमिसन, अष्ट्रेलियन शैक्षिक प्रदायक संस्था, अष्ट्रेलियन समुदाय, अष्ट्रेलियास्थित नेपाली दूतावास तथा अन्य सरोकारवालाले नेपाली विद्यार्थीलाई सहुलियत दिन माग गरेका हुन् ।
ती संस्थाले सन् २०२० को फेब्रुअरी र मार्च महिनाको इन्टेक स्थगन गर्न वा एक वर्षको समय दिएर अर्को इन्टेकमा भर्ना गर्न आग्रह गर्दै यस अवधिमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान तथा ट्युसन शुल्कमा २५ प्रतिशतसम्म छुट दिन माग गरेका छन् । यसैगरी स्थगन भएको पढाइ पूर्ति गर्न अनलाइन शिक्षा दिन, विद्यार्थीको प्रवेशाज्ञा अवधि नौ महिनासम्म बढाउन, वित्तीय अनुदान प्रदान गर्न र स्वास्थ्य सुविधा दिन पनि आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार