अमेरिकामा पनि लकडाउन !
नेपालबहस संवाददाता
चैत १७, २०७६ मंगलबार २:५४:१२
१७ चैत्र, एजेन्सी । विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागी वासिङ्टन डिसीमा लकडाउन लागेसंगै अमेरिकामा पनि लकडाउन भएको छ ।
अमेरिकामा लामो समयदेखि बस्दै आएकी सोमु गजमेर नेपाली नेपालबहस डटकमको कुराकानीमा भन्छिन्, “हामी घरमै छौँ, पसल र ग्यास स्टेसन खुलेका छन्, स्कुल–कलेज, होटल–रेस्टुरेन्ट बन्द छन्,”
पछिल्लोपटक न्युयोर्क, क्यालिफोर्निया, न्युजर्सी, लुसियाना लगायतका केही शहर बन्द छन् तर आन्तरिक सवारी चलेका छन् । बाह्य शहर र प्रान्तसँग भने आवागमनमा रोक लगाइएको छ । हवाई उडान यथावत् छन् । अमेरिकामा रहेका नेपालीको यकिन तथ्याङ्क छैन । जसका कारण कहाँ कति जोखिममा छन्, पत्ता लाग्न सकेको छैन । करिब दुई लाख रहेको अनुमान छ ।
शुक्रबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राहत प्याकेजको प्रस्तावमा सही गरेको जानकारी ट्विटरमा दिएका थिए । ढिलै भए पनि अमेरिकी सरकारले राहत रकम घोषणा गर्नुलाई सकारात्मक मानिएको छ । अहिले कोरोना भाइरसबाट विश्वभर ७ लाख ४२ हजार सङ्क्रमित भएका छन् । जसमध्ये ३५ हजार ३३९ को मृत्यु भएको छ । एक लाख ५७ हजार ४३ उपचारपछि निको भएर घर फर्किएका छन् ।
यसैबीच, न्यूयोर्कमा गभर्नर एन्ड्रिउ कोमोले क्वारन्टीनलाई ‘निरर्थक’ बताएपछि आफू पछाडि हटेको ट्रम्पको भनाइ थियो।त्यसको विकल्पमा ‘कडा यात्रा प्रतिबन्धहरू’ लगाइएको र त्यो एप्रिल अन्त्यसम्म जारी रहने ट्रम्पले बताए। ट्रम्पले आउँदा दुई सातामा मृत्युदरको उच्च विन्दू पुग्ने भएकाले सरकारी मार्गदर्शनहरू विस्तारित गरिएको बताएका छन्। जसमा उच्च प्रभावित न्यूयोर्क, न्यूजर्सी एवं कनेटिकट राज्यका मानिसहरूलाई अत्यावश्यक बाहेकका अवस्थामा यात्रा नगर्न भनिएको छ।
यता नेपाल सरकारले लागु गरेको लकडाउन थपेर २५ गतेसम्मलाई लक डाउन गरिएको छ । लकडाउन सातौ दिन कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको सातौं दिन शहर बजार सुनासान छ ।
अधिकांश सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् भने सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् । तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिनु परेको जनाएको छ ।
………..र याे पनि कोरोना भाइरसका कारण अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ चेतावनी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका
मंसिर १७, २०८१ सोमबार
सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा कांग्रेसका डंगोल एमालेका मानन्धर भन्दा ५१४ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
विवाहपञ्चमीमा जन्ती स्वागतको तयारी
मंसिर १७, २०८१ सोमबार
निर्माणाधीन पक्की मोटरेवल पुल
मंसिर १७, २०८१ सोमबार
काठमाडौं सिडिओ अफिसमा घुसखोर कर्मचारीकै टीम !
मंसिर १७, २०८१ सोमबार