शारीरिक सक्रियता कायम राख्न डब्ल्यूएचओकाे आग्रह
नेपालबहस संवाददाता
चैत १८, २०७६ मंगलबार १५:०:०
१८ चैत्र, काठमाडौं । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागी नेपालमा यति बेला लकडाउन गरिएको छ । यो बेला घरमै बस्दा पनि शारीरिक सक्रियता भने कायम राख्न विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ ले आग्रह गरेको छ ।
लामो समय बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै घरभित्रै गर्न सकिने शारीरिक कसरत गर्न सङ्गठनको आग्रह छ । अहिले घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घर वरिपरि वा सिँढीमा तलमाथि गर्ने, बगैँचा वा वरिपरि घुम्ने गरेमा स्वास्थ्य सुधार हुने बताएको छ ।
हरेक दिन शरीरलाई सक्रिय बनाउनको लागि एउटा तालिका बनाइ घरमै गर्न सकिने व्यायामहरु गर्न पनि विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ । सम्भव भएमा साथीहरु अनलाइनमा जोडिएर व्यायाम गर्न र नसकिएमा पनि दैनिक एउटा निश्चित समय व्यायामका लागि छुट्याएर पालना गर्न भनिएको छ ।
यो समयमा घरमा भएका परिवारको साथ सक्रिय हुन र साथीहरुसँग सञ्चारका माध्ययमबाट सम्पर्कमा रहिरहन आग्रह गर्दै विश्व स्वास्थ्य सङ्गठनले यो समय परिवारसँगै बगैँचामा हिँड्ने, साइकल चलाउने, आराम गर्ने, मिलेर खाना बनाउने गरेमा शारीरिक र मानसिक दुवै स्वास्थ्य ठिक रहने बताएको छ ।
परिवारका सबै सदस्यहरु दिनभर के गर्ने भन्ने योजना बनाउने, रचनात्मक काम गर्ने, नयाँ कुरा सिक्ने प्रयास गर्ने, यो कुरा गर्ने भनेर लक्ष्य बनाउने र पूरा गरे वा नगरेको छलफल गर्ने, केही दिनमा वा साप्ताहिक रुपमा घरमा बसेको समयमा के गरियो भनेर समीक्षा समेत गर्ने गरेमा मानिस दिक्क हुनबाट बच्ने र स्वस्थ शाक सक्रियताका साथै मानिसिक रुपमा रहने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि मन्त्रालयले कारबाही गर्ने
बैशाख २१, २०८१ शुक्रबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार