भाइरसको महामारी : विश्वका लागि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौति
नेपालबहस संवाददाता
चैत १९, २०७६ बुधबार १६:८:२२
१९ चैत्र, एजेन्सी । कोरोना भाइरसको महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौति रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले बताएका छन् । कोरोना भाइरसको हालको महामारीले विश्वव्यापी आर्थिक मन्दी ल्याउन सक्ने र पछिल्लो आर्थिक संकट भन्दा भयानक हुन सक्ने चेतावनी पनि उनले दिएका छन् ।
महामारीबाट पर्न सक्ने सामाजिक आर्थिक प्रभाव सम्बन्धी संयुक्त राष्ट्रसंघको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् । कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर ४२ हजार भन्दा बढीको मृत्यु भएको छ भने ८ लाख ५७ हजार भन्दा बढी संक्रमित भएका छन् । न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बोल्दै महासचिव गुट्रेसले भने, ‘कोरोना भाइरसको महामारीले समुदायको केन्द्रमा हिर्काएको छ । यसले जीवन र जीविका माथि नै प्रहार गरेको छ ।’
उनले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघको स्थापनापछि हामीले संयुक्त रुपमा सामना गर्नु पर्ने परीक्षा बनेर आएको छ कोभिड–१९ ।’ महामारी अन्त्यका लागि तत्काल सहकार्यको खाँचो रहेको उनले बताएका छन् । महासचिव गुट्रेसले औद्योगिक धनी राष्ट्रलाई कोरोना भाइरसविरुद्धको अभियानमा कम विकसित देशलाई सहयोग गर्न सुझाव दिएका छन् ।
महामारीका कारण विश्वभर दुई करोड ५० लाख भन्दा बढी मानिसको रोजगारी खोसिने सम्भावना रहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
कोइलाखानीबाट कोइला निकाल्दै श्रमिक
मंसिर १७, २०८१ सोमबार
कचनकवल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
मंसिर १७, २०८१ सोमबार
विद्युत् सट भई आगलागी हुँदा एक करोड बढीको क्षति
मंसिर १७, २०८१ सोमबार
एनपीएल : जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स ब्याटिङ गर्दै
मंसिर १७, २०८१ सोमबार