सङ्क्रमण पत्ता लगाउन कुकुरलाई ‘तालिम’
नेपालबहस संवाददाता
चैत २०, २०७६ बिहिबार १२:२९:४४
२० चैत्र, एजेन्सी । कुकुरको सुँघ्ने क्षमता प्रयोग गरेर कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन सकिन्छ कि भनेर ब्रिटेनमा परीक्षण सुरु गर्न लागिएको छ। मेडिकल डिटेक्शन डग्स नामक संस्थाले यसअघि औलो, क्यान्सर र पार्किन्सन्स रोगको गन्ध पत्ता लगाउन कुकुरहरूलाई तालिम दिइसकेको छ।
विश्वभरि कोभिड-१९ महामारी फैलिएको बेला डरम यूनिभर्सिटी र लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनसँग मिलेर उक्त संस्थाले कुकुरलाई कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन तालिम दिन लागेको हो। मेडिकल डिटेक्शन डग्सका प्रमुख क्लेअर गेस्टका अनुसार ‘बिरामीबाट सुरक्षित रूपमा भाइरसको गन्ध पत्ता लगाउने उपायू’खोजी हुँदैछ।
यदि यो कुरा प्रमाणित भयो भने लक्षण नभएका सङ्क्रमित व्यक्ति छुट्याउन पनि कुकुरको प्रयोग हुन सक्नेछ। गेस्टका अनुसार कुकुरको प्रयोगबाट चाँडै र प्रभावकारी ढङ्गमा सङ्क्रमण पत्ता लगाउन सकिनेछ। त्यसो भयो भने एनएचएसको साधन र स्रोत आवश्यक परीक्षणमा प्रयोग गर्न सकिनेछ।
लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनको रोग नियन्त्रण विभागका प्रमुख प्राध्यापक जेम्स लोगनका अनुसार अनुसन्धानबाट कुकुरले सुँघेर औलो रोग पत्ता लगाउन सक्ने प्रमाणित भइसकेको छ। कुकुरको त्यो क्षमता विश्व स्वास्थ्य सङ्गठनले रोग निदान गर्न तोकेको मापदण्डभन्दा बढी छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा एमाले भन्दा कांग्रेस ५७२ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
मिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
मंसिर १७, २०८१ सोमबार
१९.९७ अंकले बढेर २७५८ विन्दुमा उक्लियो नेप्से, १० अर्ब ५४ करोडमाथिका शेयर किनबेच
मंसिर १७, २०८१ सोमबार
११ महिनापछि पेशी चढेको रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १७, २०८१ सोमबार