त्रिपुरासुन्दरीमा स्थानीयवासीले ठड्याए लिङ्गा, भक्तजन नआए पछि सुनसान दशैँ
नेपालबहस संवाददाता
चैत २०, २०७६ बिहिबार १५:२०:२३
२० चैत, डोल्पा । नेपालकै प्रसिद्ध शक्तिपीठका रूपमा चिनिने डोल्पाको बाला त्रिपुरासुन्दरी मन्दिरमा लिङ्गा ठड्याइएको छ । लकडाउनका बीच पनि चैते दशैँ अर्थात चैत्र शुक्ल अष्टमीका दिन भगवती, चण्डिका, महाराज र कालीका देवीका चारवटै काठका लिङ्गा ढलाएर ध्वजा पताका टाँगेर ठड्याइएको हो । यस वर्ष दुई वटा नयाँ लिङ्गा थपेर ठड्याइएको र पुराना लिङ्गा हटाइएको पुजारीहरुले बताएका छन् ।
कोरोना भाइरस विरुद्ध पूर्वसतर्कता अपनाउन सरकारले लडकडाउन घोषणा गरेपछि स्थानीयवासीलाई मात्र लिङ्गा ठड्याउन हम्मेहम्मे परेको थियो । एउटै लिङ्गा २० देखि ३० मिटरसम्म लामा हुने भएकाले पनि ढलाएर ठड्याउन मुस्किल हुने त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयवासी तुलराम शाहीले बताएका छन् । त्रिपुरासुन्दरी देवीका आशिर्वादका कारण मान्छेहरुले सोचे जस्तै गाह्रो नहुने र प्रत्येक वर्ष सजिलै ठड्याउन सकिने शाहीले जानकारी दिएका छन् ।
अनौठो भूगोल र अग्लो ठाउँमा मन्दिर भएकाले जोडले हावा चलेर लिङ्गा ठड्याउन गाह्रो हुने बताइन्छ । माता त्रिपुरासुन्दरी कृपाले केही पनि नहुने भन्दै लिङ्गा ठड्याउने काममा सरिक हुन त्रिपुराकोट, गल्ली, रल्ली र मद्धु, छल, पहाडालगायतका गाउँबाट भक्तजनहरु आएका थिए । कुलदेवी त्रिपुरासुन्दरीको लिङ्गा ठड्याउने काममा सरिक भए सबैको मनोकामना पूरा हुने उपस्थित भक्तजनहरुले बताए ।
सेना आएन
प्रत्येक वर्ष दुई पटक लिङ्गा ठड्याउन आउने सुलिगाडस्थित नेपाली सेनाको टोली यस पटक भने आएन । सरकारले घोषणा गरेका लकडाउनका कारण धेरै मान्छेहरुको भिडभाड हुने त्यस्तो ठाउँमा जान अनुमति नभएकाले आउन नसकिएको सेनाले जनाएको छ ।
सेनालगायत जिल्लाबाट आउने सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली यस वर्ष नआएपछि स्थानीयवासीहरु मिलेर लिङ्गा ठड्याउन सफल भएका थिए । प्रहरीको टोली सुरक्षाका लागि भने मन्दिरमा पुगेको थियो । त्रिपुरासुन्दरी मन्दिरका लिङ्गा वर्षमा दुई पटक ढलाएर ठड्याउने गरिन्छ । चैत्र शुक्ल अष्टमी र असोज शुक्ल अष्टमीमा लिङ्गाहरु ढलाएर ध्वजा पताकासहित ठड्याउने प्रचलन रहेको छ ।
सुनसान दशैँ
सानो दशैँका रूपमा मनाइने चैत्र शुक्ल अष्टमीमा यसपटक भक्तजनहरु कम आएकाले सुनसान भएको छ । अघिल्लो वर्ष यतिखेर विभिन्न जिल्लाबाट भक्तजनहरु आएर भरिभराउन हुने गथ्र्यो । यस वर्ष धेरै कम भक्तजन आएको मन्दिरका पुजारी कृष्णचन्द्र पाण्डेले जानकारी दिएकका छन् । यस अवधिमा घटस्थापनादेखि नवमीसम्म बोका बलिसहितको देवीको विशेष पूजाआजा हुने गर्दछ भने देवीको दर्शन गर्नाले मनले सोचेको पूरा हुने विश्वास रहेको छ ।
सरकारले घोषण गरेको लकडाउनका कारणले पनि कम मान्छे आएको पुजारीहरुको भनाइ छ । यस वर्ष भक्तजनहरू नआएकै कारणल दशैँलाई लक्षित गर्दै स्थानीय होटेल पसलहरु भने खोलिएनन् । नगरपालिकाले भने मन्दिरस्थित कालो ढोकामा स्वास्थ्य शिविर खडा गरेर मन्दिरमा आउने भक्तजनको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार
ज्योतिष शास्त्रमा शनिदेवलाई श्रमको कारक किन मानिन्छ ?
बैशाख १९, २०८१ बुधबार
मनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार