मनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार ११:४८:९
१० वैशाख, काठमाडौं । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको तारकेश्वर नगरपालिकाको प्राचीन नेवार बस्ती मनमैजुमा आजदेखि अजिमा जात्रा सुरु भएको छ ।
जात्राको पहिलो दिन आज तारकेश्वर महादेवको जङ्गलमा रहेको सल्लाको रुखलाई विधिपूर्वक पूजा गरी काटेर ल्याई लिङ्गोका रूपमा मन्दिर अगाडि ठड्याएर अजिमाको जात्रा सुरु गरिएको हो । धर्मस्थली जात्रा सकिएलगत्तै चैत्र शुक्ल चतुर्दशीका दिन लिङ्गो ठड्याएर आज विधिवत रूपमा जात्रा सुरु गरिएको नेवाःगुठी मनमैजुका गुठीयार भक्तमान महर्जनले जानकारी दिए ।
पाँच दिनसम्म चल्ने मनमैजु जात्रामा मनमैजु अजिमालाई खटमा विराजमान गराई टोलटोलमा लगेर स्थानीयले पूजा गर्ने चलन छ । पाँच दिनमध्ये तीन दिन खटजात्रा, एक दिन मनमैजु देवीको मन्दिरमा पूजाआजा र एक दिन भजनकीर्तन गरी मनाइने महर्जनले बताए ।
जात्राको पाँचौँ दिन अर्थात् वैशाख १४ गते लिङ्गो ढालेर जात्रा समाप्त गरी देवीलाई विधिवत पूजा गर्ने चलन छ । मनमैजुको जात्रा बालाजु बाइसधाराको जात्रासँग पनि अन्तर सम्बन्धित रहेको छ । बालाजुको बाइसधारामा स्नान गरेर मनमैजु देवीको दर्शन गरेमा आफूले चिताएको कुरा पुग्छ भन्ने धार्मिक जनविश्वास रहेको छ ।
महर्जनका अनुसार फुसिंख्यःमनमैजु जात्रामा अजिमा स्वयं धामीको रूपमा प्रकट भई जात्रामा सरिक हुने परम्परा हजारौँ वर्षअघिदेखि चल्दै आइरहेको छ । अजिमा धामी हुनेले जामालगाई अजिमा द्यःको पात्र समाति पूजा थाप्दै रथ अगाडि हिँड्छन् । अजिमा द्यः 'धामी' हुनेलाई अजिमाको शक्ति आफैँ जागेर आउने गरेको स्थानीय बताउँछन् ।
मनमैजु देवीको नामबाटै यस गाउँको नाम मनमैजु रहन गएको उल्लेख रहेको पाइन्छ । उक्त जात्रा ऐतिहासिक लिच्छवी राजा गुण कामदेवको पालादेखि इन्द्रायणी देवीका रूपमा मानिएको मैजु माईको सम्झनामा सुरु गरिएको हो ।
मनमैजु जात्राका लागि तारकेश्वर नगरपालिकाले समेत सहयोग गरेको छ । नगरप्रमुख कृष्णहरि महर्जनले जात्रा व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री नगरपालिकाले सहयोग गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाई आर्थिक समस्याले हैरान हुनुहुन्छ ? शनिदेवको आशीर्वाद पाउन अपनाउनुहोस् यी उपाय
बैशाख २३, २०८१ आइतबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार
ज्योतिष शास्त्रमा शनिदेवलाई श्रमको कारक किन मानिन्छ ?
बैशाख १९, २०८१ बुधबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार