परम्पराविपरित राष्ट्रपति भणडारीद्धारा राष्ट्रका नाममा सम्बोधन
इन्द्र रिजाल
चैत २१, २०७६ शनिबार २:२०:४९
२१ चैत्र, काठमाडौं । आलंकारिक हैसियतकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई विस्तारै कार्यकारी हैसियत दिन सरकार उद्यत रहेको पुष्टी हुने उपक्रम जारी छ । त्यसैको पछिल्लो श्रृँखलाका रुपमा राष्ट्रपति भण्डारीले राष्ट्रको नाममा सम्बोधन गरेकी छिन् ।
केही बेर अघि उनको सम्बोधनमा सरकारी सञ्चारमाध्यम रेडियो नेपाल र नेपाल टेलिभिजनको टिम शीतल निवास पुगेको थियो । कोभिड – १९ को संक्रमणलाई संवोधनले राष्ट्रपति भण्डारीलाई राजकीय सत्तामा सकृय बनाउने वर्तमान सरकारको एउटा कडीका रुपमा यसलाई लिइएको छ ।
देशमा जस्तो सुकै विपत्त आउँदा पनि राष्ट्रपतिले आलंकारिक स्वरुपमा आफूलाई राख्दै आएकोमा वर्तमान राष्ट्रपति भण्डारीले भने नयाँ कीर्तिमान कायम गरेकी छिन् । २०७२ को महाभूकम्पका बेला डा.रामवरण यादव राष्ट्रपति थिए । तर उनले त्यस्तो विकट घडीमा समेत यस्तो चाहना राखेनन् । यद्यपि त्यसबेला उनी दुखी भएको समाचार व्यापक रुपमा प्रकाशन र प्रशारण भएका थिए ।
राष्ट्रपति भण्डारीलाई फेरि सकृय राजनीतिमा ल्याउने प्रधानमन्त्री के पी ओलीको डिजाइनमा नै आजको सम्बोधन तय गरिएका्े स्रोतको दावी छ । राष्ट्रपतिले राष्ट्रको नाममा सम्बोधन गर्नका लागि मन्त्रिपरिषदले स्वीकृति दिनुपर्ने हुन्छ । तर मन्त्रिपरिषदले यस्तो कुनै स्वीकृति त के छलफल समेत नगरेको एकजना मन्त्रीले बताए ।
पूर्व माओवादी पक्षलाई कुनै जानकारी नदिई यस्तो निर्णय लिएको हुनसक्छ – नेकपाका एक पोलिटव्यूरो सदस्यले नेपालबहससँग भने । यस्तो गलत परम्परा बसाइयो भने भोलि समस्या आउन सक्छ भन्दै उनले पार्टीलाई सही ढंगले चलाउन यस्ता गतिविधि बाधक हुने बताएका छन् ।
राष्ट्रपति भण्डारीले सम्बोधनमा जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै नेपाल सरकारले लकडाउन गरेको भन्दै यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो, आफ्नो परिवार, छिमेकी र समुदायको स्वास्थ्यमा ध्यान दिन आग्रह गरेकी छिन् ।
संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल अछुतो रहन नसके पनि सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहेको र फैलन नपाएको उनले बताएकी हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार