बिपन्न परिवारको दुखको मलम गुरुङ, बिहादी १ का ५५ घरमा निशुल्क खाद्यान्न
इन्द्र रिजाल
चैत २१, २०७६ शनिबार ३:४४:२८
२१ चैत्र पर्वत । समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता प्रविण गुरुङले पर्वतको विहादी गाउँपालिका १ बाच्छामा मजदुरी गर्ने बिपन्न घरपरिवारलाई निशुल्क खाद्यान्न उपलब्ध गराएका छन । गत स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका प्रत्यासीसमेत रहेका गुरुङले बिहादी गाउँपालिका १ बाच्छाका दैनिक ज्याला मजदुरी गर्ने ५५ घर परिवारलाई व्यक्तिगत खर्चमै खाद्यान्न सहयोग गरेका छन।
काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागी केही समय देखि सरकारले गरेको लकडाउनका कारण यहाँका गरिब तथा मजदुरी गर्ने घरपरिवार दैनिक जिविकोपार्जनको समस्यामा परेका छन । उनीहरुको दैनिकी सहज गराउनकै लागि गुरुङले केही समय अघि गाउँपालिकाभित्रका मजदुरी गर्ने हरेक घरको तथ्यांक निकालेर उनीहरुलाई खाद्यान्न सहयोग गर्ने जनाएका थिए।
“विहादीका जनताको रक्षा गर्नु मेरो दायित्व हो, म हुन्जेल यहाँ कोहि भोकै मर्नु पर्दैन ।“ स्थानिय सरकारलाई जनताका आधारभुत आवश्यकताका पूरा गर्न आग्रह गर्दै सम्पुर्ण जनतालाइ घरमा बसेर सरकारको लकडाउनलाई सहयोग गर्न , सचेत बन्न र सजगता अपनाउन अपील गरेका छन। साथ साथै पालिका भित्र रहेका सम्पुर्ण पाटीका भातृसस्था र शुभेच्छुक सस्थाहरु नेबिसंघ , तरुण दल, महिला संघ , शिक्षक संघ , भुपु संघ सम्पुर्णलाई बिपदको यो समयमा आबश्यक समन्वय गर्न आग्रह समेत गरेका छन।
खाधान्न वितरणमा स्थानीय एब्लेज युवा क्लबले सहजता गरेको थियो । क्लवले सामाजिक काम गर्दै आइरहेको छ । यस्तै, उनले राजनीति भन्दा माथी उठेर विपतमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन । उनले अफ्ट्यारो परेका बिहादिका स्थानीयलाइ ९८५६०२९०१९ मा फोन गर्न नि आग्रह गरेका छन। नेपाली कांग्रेस जिल्ला सदस्य समेत रहेका गुरुङले यसअघि पनि विहादीमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेका छन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार