कोरोना विरुद्धको लडाईमा कोही एक्लो छैन : प्रधानमन्त्री मोदी
इन्द्र रिजाल
चैत २१, २०७६ शनिबार ४:१५:३२
२१ चैत्र, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस ‘कोभिड १९’ विरुद्धको संघर्षमा कोही पनि एक्लो नभएको बताएका छन् । भारतमा लकडाउनको घोषणा भएको आज नवौँ दिन भारतीय जनतालाई सम्बोधन गर्दै उनले सो भनाई राखेका हुन् । उनले भने– कोरोना भाइरस विरुद्धको लडाईमा भारत पनि एक्लो छैन र भारत भित्र पनि कोही नागरिक एक्लो छैन ।
उनले यस महामारीका विरुद्धमा लड्न विश्वका सबै देशका नागरिक जस्तै एक अर्ब ३० करोड भारतीय नागरिक पनि एक साथ रहेको भनाई राखे । सबै नागरिकले घरैमा बसेर महामारीबाट बाँच्न सकिने भन्दै यस महामारीको सबैभन्दा उत्तम उपचारको विधि पनि यही भएको धारणा सो सम्बोधनका क्रममा राखे।
भिडियो सन्देशमार्फत भारतीय नागरिकलाई गरेको सम्बोधनका क्रममा उनले भने– हामी सबैजना घरमै छौँ तर यो कोरोना भाइरसका बिरुद्ध हामी कसरी लड्न सक्छौँ होला भन्ने तपाईहरुलाई लाग्न सक्छ तर यो लडाईँमा कोही एक्लो छैन, सबै भारतीय नागरिक एक आपसमा साथ रहेका छन् ।
उनले विश्वको यति ठूलो जनसङ्ख्या भएको देश भारतीयहरु सबैजना घरमा कसरी रहन सकेका छौँ भन्दै यसले विश्वमा धेरै ठूलो उदाहरण पनि प्रस्तुत गरेको बताए। यतिखेर भारतीय नागरिकले प्रदर्शन गरेको धैर्यता नै विश्वका अरु देशका लागि पनि उदाहरण भएको भन्दै यो महामारीलाई पूर्ण रुपमा नहराउँदासम्म हामीहरु सबैजना घरमै बस्नेछौँ भने ।
प्रधानमन्त्री मोदीले अहिले हामी अप्ठेरो अवस्थामा भए पनि भोलिका दिनमा छिट्टै नै अध्यारो अवस्थाबाट उज्यालोतर्फ लाग्ने आश्वासन दिए । काम गरी खाने मजदुर वर्गलाई यो अवस्थाले अप्ठेरो बनाएको भए पनि उनीहरुलाई केही सहयोगको कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा हामी सबै उज्यालोतर्फ प्रवेश गर्ने दिन पनि छिट्टै नै आउने उनले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार