महारानी एलिजाबेथको दुर्लभ सम्बोधन, ‘कोरोना भाइरसविरुद्ध हामी सफल हुन्छौँ’
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार १७:५५:४
२४ चैत्र, एजेन्सी । ब्रिटेनकी महारानीले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोना भाइरस महामारीविरुद्धको सङ्घर्षमा यूके ‘सफल हुने’ बताएकी छन्। महारानी एलिजाबेथ द्वितियले राष्ट्रका नाममा सन्देश जारी गर्दै कोरोना भाइरस महामारीविरुद्धको युद्धमा जित हाँसिल गर्ने बताएकी हुन्।
कोरोना भाइरसको संकटमा जुधिरहेकाहरुप्रति ऐक्यबद्धता जनाउन महारानी एलिजाबेथले आइतबार बेलुका राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् । महारानीले दुर्लभ सम्बोधनमा उनले सरकारले लागु गरेका नियमहरु पालना गरेकोमा नागरिकलाई धन्यबाद दिएकी छन् । यस्तै अरुको सहयोगका लागि फ्रन्टलाइनमा आएकाहरुको प्रशंसा महारानीले सन्देशमा गरेकी छन् ।
बेलायत सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि घरमै बस्न सबै नागरिकसँग आग्रह गरेको छ। महारानी एलिजाबेथले आफ्नो सन्देशमा कोरोना भाइरस संक्रमण विरुद्ध काम गरिरहेकाहरुको प्रशंसा गर्दै हरेक पटक गरिने कामले सबैलाई सामान्य समय तिर फर्काउन सहयोग गर्ने बताएकी छन्। बेलायतमा कोरोना भाइरसको संक्रमणका कारण चार हजार ९३४ जनाको मृत्यु भइसकेको छ।
विन्जर क्यासलबाट सम्बोधन गरेकी महारानीले भनेकी छन्, ‘हामीले यसअघि पनि चुनौतिहरुको सामना गरेका थियौँ, तर अहिलेको चुनौति फरक छ । यो पटक हामी विश्वका सबै देशहरुको सामूहिक प्रयास र वैज्ञानिकहरुको महत्वपूर्ण खोजबाट उपचारको खोजीमा छौँ । हामी सफल हुने छौँ‘र त्यो सफलता हामी सबैको हुने छ ।’
९३ वर्षकी महारानी एलिजाबेथले कोरोना भाइरसका कारण आफ्ना–आफन्त तथा प्रियजनसँग पर बस्नुको पीडा पनि रहेको बताएकी छन् । अहिले कायम भएको सामाजिक दूरीले आफूलाई दोस्रो विश्वयुद्धका बेला बालबालिकाहरु परिवारबाट अलग राखिएको कुरा स्मरण गराएको उनले बताएकी छन् । तर अहिले सामाजिक दूरी कायम गर्नु र त्यो बेला बालबालिकालाई पर राख्नु समय अनुसार अत्यावश्यक रहेको बताएकी छन् ।
महारानी एलिजाबेथको सम्बोधनको एक घण्टापछि प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पताल भर्ना गरिएको थियो। मार्च २७ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री जोन्सन सेल्फ आइसोलेसनमा थिए । तर उनमा अझै पनि कोरोना भाइरसको लक्षण नरोकिएपछि परीक्षणका लागि लण्डनको अस्पताल भर्ना गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार