सिङ्गापुरमा २० हजार विदेशी कामदार क्वारेन्टाइनमा
नेपालबहस संवाददाता
चैत २४, २०७६ मंगलबार ०:२५:४५
२४ चैत्र, एजेन्सी । सिङ्गापुरले विदेशी २० हजार कामदारलाई क्वारेन्टाइनमा राखेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले क्वारेन्टाइनमा बस्न अनिवार्य गरेकाले उनीहरूलाई विद्यालय तथा क्याम्पसका क्वारेन्टाइनमै राखेको अधिकारीहरूले बताएका छन् ।
उनीहरूले कम्तीमा १४ दिनसम्म कोठा छोड्न नपाउने र क्वारेन्टाइनमै बस्नुपर्ने सिंगापुरको स्वास्थ्य मन्त्रालयद्वारा सोमबार जारी वक्तव्यमा उल्लेख गरिएको छ । क्वारेन्टाइनमा बसेका कामदारहरूलाई पारिश्रमिक भने उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।
सिङ्गापुरमा सोमबारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक हजार ३०९ पुगेको छ भने छ जनाको मृत्यु भएको छ । कुल ४० हजारको परीक्षण गरिएको छ । सङ्क्रमितमध्ये ३२० जना सन्चो भएर घर फर्किएका छन् भने अरु ९८३ जना अझै पनि विरामी अवस्था मै रहेका छन् । ती मध्ये २५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।
सङ्क्रमण फैलिने क्रम चलिरहेकाले सरकारले मङ्गलबारदेखि लकडाउनको समेत घोषणा गरेको छ । लकडाउन लागु गरिने भएकाले एक महिनाका लागि शैक्षिक संस्था तथा अत्यधिक मानिसहरूको ओहोरदोहोर हुने अन्य कार्यस्थललगायतका क्षेत्र बन्द गर्न लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार