भानुआतुमा शक्तिशाली आँधीले प्राकृतिक विपत्ति निम्त्याउने खतरा
नेपालबहस संवाददाता
चैत २४, २०७६ मंगलबार ०:३७:७
२४ चैत्र, एजेन्सी । प्रशान्त महासागरबाट उर्लेको आँधीले सोमबार भानुआतुलाई ढाकेको छ । विज्ञहरुले कोरोना भाइरसको महामारीसँग जुधिरहेको भानुआतुमा आएको आँधीले ठूलै प्राकृतिक विपत्ति निम्त्याउने खतरा औंल्याएका छन् ।
ह्यारोल्ड नाम दिइएको यस आँधीका कारण गत साता सोलोमन द्वीपमा २७ जनाको ज्यान गएको थियो । भानुआतुको जलवायू विज्ञान विभागले गएराति भानुआतुमा आँधीको स्तर पाँचमा पुगेको जनाएको छ । यो आँधी २३५ किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा रहेको छ । भानुआतुका धेरै भागमा आपतकालीन स्थितिको घोषणा गरिएको छ ।
आँधीका कारण सोमबार बिहान दुर्गम पूर्वी तटीय एस्पिरिटु सान्टोमा पहिरो गएको र त्यहाँबाट आँधी भानुआतुको दोस्रो ठूलो शहर लुगानभिल्लेमा प्रवेश गरेको थियो । यो शहरमा १६ हजार ५०० को बसोबास छ । यो आँधी मंगलबार राजधानी पोर्ट भिलाहुँदै उत्तरतर्फ लाग्ने अनुमान गरिएको छ । भानुआतुका अधिकारीहरुले ठाउँठाउँमा बाढी आउने तथा विशाल समुद्रमा तैरिरहेका डुंगाहरुलाई किनारामा ल्याएर राम्रोसँग राख्न अनुरोध गरेका छन् ।
उता, कोरोना भाइरसका कारण भानुआतुका सबै अन्तराष्ट्रिय सीमा बन्द गर्नुका साथै मानिसहरुलाई ठूलो समूहमा भेला नहुन आदेश जारी गरिएको छ । भानुआतु रेडक्रसका विपद संयोजक अगस्टाइन गाराले कोविड–१९ सँग जुध्नु परेको भानुआतुले फेरि आकस्मिक सामुद्रिक आँधीको विपद् खेप्नु परेको बताए ।
यसअघि सन् २०१५ मा आएको पाम नामकरण गरिएको आँधीका कारण भानुआतुमा अन्तराष्ट्रिय सहायता परिचालन गर्नु परेको थियो । यसपटकको ह्यारोल्ड आँधीबाट प्रभावितका लागि राहत उपलब्ध गराउनु परेको खण्डमा कोरोना भाइरस पनि सँगै भानुआतु भित्रिने आशंका स्थानीय अधिकारीमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार