ओलीको सम्बोधन कुण्ठा र दूराग्रहको पोको
इन्द्र रिजाल
चैत २५, २०७६ मंगलबार २३:४:२६
♠ इन्द्र रिजाल
कोरोना भाइरसले ल्याएको संकटसँग पौंठाजोरी खेल्न संसार भिडिरहेको छ । नेपाल पनि बिगत दुई सातादेखि जोडतोडका साथ एकताबद्ध ढंगले कोरोना हराउन सक्रिय देखिएको छ । सरकारले घोषणा गरेका हरेक कार्यक्रम र आह्वानलाई नागरिकले पूर्णतः साथ र समर्थन गरेका छन् । यसै पृष्ठभूमिमा प्रधानमन्त्री केपी ओलीले आज नागरिकलाई थप आश्वस्त पार्ने कार्यक्रमको घोषणा गर्ने आम अपेक्षा थियो ।
बिहान ११ बजे राष्ट्रको नाममा प्रधानमन्त्रीले संबोधन गर्ने भनेर हिजैदेखि तामझाम गरिएको हो । त्यसैले जनताले सरकारबाट विशेष कार्यक्रमको घोषणा हुने अपेक्षा राख्नु स्वाभाविक थियो । प्रधानमन्त्रीले पूर्व निर्धारित कार्यक्रम बमोजिम ११ बजेर ५ मिनेट जाँदा सरकारी टेलिभिजनमार्फत संबोधन गरे । करिब आधा घण्टाको उनको संबोधनले आम नागरिकलाई उत्साहित पार्ने केही दिन सकेन । बरु उनका कुण्ठा र दम्भपूर्ण अभिव्यक्ति भने सुन्न पाइयो ।
तर सरकारको गलत रबैया र कमिसनखोर प्रवृत्तिले गर्दा आवश्यक स्वास्थ्य सामग्री ल्याउने चेष्टा गरिएन । अहिले पनि स्वास्थ्य सामग्री र औषधिको चरम अभाव छ । लाखौं मानिस समस्याग्रस्त भारत र तेस्रो मुलुकबाट भित्रिएका छन् । तर अहिलेसम्म केवल १५ सय जनाको मात्र परीक्षण भएको छ । प्रधानमन्त्रीले संबोधन गर्दा जम्मा ९ जना मात्र संक्रमित फेला परेकोमा ठूलो सफलता भने । तर हजारौं मानिसको परीक्षण हुन नसक्दा बढेको जोखिमबारे ठोस कुराको चर्चासमेत गरेनन् ।
देशमा कोभिड–१९ को पहिलो केस आज भन्दा साढे दुई महिना अगाडि नै देखापरेको थियो । युरोप अमेरिकाले समेत हार मानेको कोरोना भाइरससँग लड्न हामीलाई यथेष्ट समय थियो । तर सरकारको गलत रबैया र कमिसनखोर प्रवृत्तिले गर्दा आवश्यक स्वास्थ्य सामग्री ल्याउने चेष्टा गरिएन । अहिले पनि स्वास्थ्य सामग्री र औषधिको चरम अभाव छ । लाखौं मानिस समस्याग्रस्त भारत र तेस्रो मुलुकबाट भित्रिएका छन् । तर अहिलेसम्म केवल १५ सय जनाको मात्र परीक्षण भएको छ । प्रधानमन्त्रीले संबोधन गर्दा जम्मा ९ जना मात्र संक्रमित फेला परेकोमा ठूलो सफलता भने । तर हजारौं मानिसको परीक्षण हुन नसक्दा बढेको जोखिमबारे ठोस कुराको चर्चासमेत गरेनन् ।
धेरैको अनुमान थियो – उनीसँगै नाम जोडिएका एक व्यापारिक समूहले चीनबाट न्यून गुणस्तरको स्वास्थ्य सामग्री त्यो पनि बजारमूल्य भन्दा चार गुणा बढीमा ल्याएको विषयमा प्रधानमन्त्री पक्कै बोल्छन् । साथै समयमा औषधि ल्याउन नसक्दा भएको कमजोरीप्रति दुख प्रकट गर्लान् । तर ओलीमा त्यो बिनम्रता पटक्कै देखिएन । बरु स्वास्थ्य सामग्री ल्याउने क्रममा सामाजिक सञ्जाल र मिडियाले बखेडा झिकेको कुतर्क गरे । सामाजिक सञ्जाल र मिडियाले सप्रमाण भ्रष्ट्राचारको पेटारो खोलिदिएको चाहिं हो । त्यसका लागि धन्यवाद दिनु त कता हो उल्टो मिडियाप्रति उनी खनिए ।
उनकै कमजोरीका कारण देश अहिलेसम्म परीक्षण गर्ने कीट ल्याउने अवस्थामा समेत छैन । त्यसैले आउने दुई सातामा हुनसक्ने संभावित क्षतिको जिम्मेवारी स्वयं ओलीले लिनुपर्ने हुन्छ । संबोधन केवल कागजी तथ्याङ्क पढ्ने बुलेटिन मै सीमित देखियो ।न त कुनै अठोट नै थियो न आश्वाशन
यसैबाट पनि प्रष्ट हुन्छ की उक्त कमिशन काण्डमा उनको समेत संलग्नता छ । नत्र सप्रमाण आएका विषयलाई उनले ढाकछोप गर्नुपर्ने थिएन । कमिशन काण्डमा नाम मुछिएका उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई उनले जोगाउनुका पछाडि आफ्नै संलग्नता भएको बुझ्न कठिन छैन । यदि खरिद प्रक्रिया सही थियो भने किन नेपाली सेनालाई दिएको त ?
संबोधनका क्रममा उनले अबको दुई साता अझै कठिन छ भने । तर यो दुई साता सरकारले के गर्दैछ वा गर्नुपर्छ भनेर सुझाउन भने सकेनन् । आगामी दिनका लागि चाहिने ¥यापिट टेष्टिङ कीट नभएको अवस्थाबारे केही बोलेनन् । उनकै कमजोरीका कारण देश अहिलेसम्म परीक्षण गर्ने कीट ल्याउने अवस्थामा समेत छैन । त्यसैले आउने दुई सातामा हुनसक्ने संभावित क्षतिको जिम्मेवारी स्वयं ओलीले लिनुपर्ने हुन्छ । संबोधन केवल कागजी तथ्याङ्क पढ्ने बुलेटिन मै सीमित देखियो ।न त कुनै अठोट नै थियो न आश्वाशन । आधा घण्टा बोल्न समेत उनलाई गाह्रो भएको देखिन्थ्यो । उनको सरकारले गरेका गलत कामको कसैले आलोचना गर्दा त्यसलाई अपराधी बनाउने उनको मनोदशा प्रष्ट हुन्थ्यो ।
सीमापारी अनागरिकको हैसियतमा रहेका नेपालीको उद्धार गर्ने भन्दा उनले उतै क्वारेण्टाइनमा बसेर आउन फरमान जारी गरे । जबकी अरु देशले आफ्ना नागरिकको उद्धारका लागि कुन हदसम्मको प्रयत्न ग¥यो भन्ने उनैलाई ज्ञात छ ।सुदूरपश्चिमका नेपाली नागरिकप्रति उनी पूर्वाग्रही मात्र होइन ,दूराग्रहीसमेत देखिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमहानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार