महामारी सुरु भएको वुहान सहरमा लकडाउन हटाइयो
नेपालबहस संवाददाता
चैत २६, २०७६ बुधबार १४:९:५३
२६ चैत्र, एजेन्सी । कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएको चीनको हुबे प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ। स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा ‘हरियो’ कोड देखिएकाहरूले जनअरी २३ तारिखयता पहिलोपटक वुहान सहरबाट अन्यत्र जान पाउनेछन्।
लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुनः सञ्चालनमा आएका छन्। मङ्गलवार चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्य देखिएपछि कोरोना भाइरसको प्रकोप सुरु भएको वुहान सहरमा लकडाउन हटाइएको हो।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि अधिकारीहरूले वुहान सहरमा पहिला कहिल्यै नलगाइएका प्रतिबन्धहरू लगाएका थिए। १ करोड १० लाख मानिसहरू रहेको उक्त सहरमा सबैजसो व्यापार-व्यवसाय बन्द गर्न निर्देशन दिइएको थियो।
गत महिना वुहानमा एक साताभर कोरोनाभाइरसका नयाँ सङ्क्रमित एकजना पनि नपाइएपछि किनमेल केन्द्रहरू खोलिएको थियो। सङ्क्रमित नभएका आवासीय क्षेत्रका केही मानिसलाई पनि घरबाट दुई घण्टाका लागि बाहिर जान अनुमति दिइएको थियो।
बुधवारबाट स्वीकृति पाएका मानिसहरूले सार्वजनिक यातायात प्रयोग गर्न पाउँछन् तर त्यसका लागि उनीहरूले क्यूआर कोड स्क्यान गर्न दिनुपर्छ। त्यस्तो कोड प्रत्येक मानिसका लागि फरक हुन्छ र त्यो उनीहरूको स्वास्थ्यस्थितिसँग सम्बन्धित हुन्छ।
औषधी आपूर्ति र अन्य दैनिक उपभोग्य काममा संलग्न मानिसहरू आफ्नो काममा फर्किन पाउनेछन्। विश्वव्यापी तथा राष्ट्रिय आपूर्ति सञ्जालसँग जोडिएका र त्यसमा असर पार्ने उद्योगहरू पनि पुनस् खुल्नेछन्। सीमित हवाइ सेवा हुँदा पनि बुधवार १० हजार यात्रु बोकेर दुई सय विमानहरू वुहान सहरबाट अन्यत्र जाने तय भएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमले आकाशबाट खिचिएका भिडिओ सामाग्रीहरू देखाएका छन् जसमा झण्डै १०० वटा उच्च गतिका रेलहरू प्रस्थानका लागि तयार अवस्थामा छन्। राजमार्गमा यातायातको आवतजावत रोक्नका लागि लगाइएका बन्देजहरू पनि हटाइएका छन्। यातायातमा लगाइएका केही सीमितता कायमै रहनेछ र अर्को सूचना नआउँदासम्मका लागि विद्यालयहरू पनि बन्द नै छन्।
चीनका अन्य क्षेत्रमा भने लकडाउन जारी नै छ। बेइजिङ्मा सोमवार कोरोना भाइरसको सङ्क्रमण थप ३१ जनामा देखिएपछि उक्त सहरका अधिकारीहरूले थप कडा कदमहरूको घोषणा गरेका छन्। सहर पस्ने जोकोहीले क्वारन्टिनमा बस्नुपर्छ र स्वास्थ्य उपचार गराउनुपर्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार