भोलि र पर्सि गाँउ फर्किन दिने सरकारको निर्णय
नेपालबहस संवाददाता
चैत २७, २०७६ बिहिबार २१:३९:४९
२७ चैत, काठमाडौं । लगातारको लकडाउनबाट आजित भएकाहरुका लागि खुशीको खबर आएको छ । विभिन्न कारणले उपत्यका काठमाडौं बाहिर जान रोकिएका वा गाँउघर जानबाट बञ्चितहरु भोलि चैत्र २८ र २९ गते आआफ्नो गन्तव्यतर्फ जान पाउने भएका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आज बसेको उच्चस्तरिय समितिको बैठकले भोलि र पर्सि काठमाडौं बाहिर जान दिने निर्णय गरेको हो ।
११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका थिए । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु आआफ्नो गाउँ फर्किन चाहेका थिए ।
तर उपत्यका बाहिरबाट काठमाडौं आउन भने नदिइने भएको छ । यस निर्णयबाट लकडाउन अझै लम्बिने संकेत मिलेको छ । सरकारले किस्ताबन्दीमा लकडाउन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली खेल्ने
मंसिर १७, २०८१ सोमबार
रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने
मंसिर १७, २०८१ सोमबार
रौतहटको गढीमाई –८ मा नेकपा एसको उम्मेदवार विजयी
मंसिर १७, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १७, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १७, २०८१ सोमबार
आजको मौसमः तराइमा हुस्सु र कुहिराे तथा गण्डकी र कर्णालीमा हिउँ पर्ने
मंसिर १७, २०८१ सोमबार