भारतको सरकारी रेल सेवाद्वारा ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन
नेपालबहस संवाददाता
चैत २७, २०७६ शुक्रबार ३:५७:५
२७ चैत्र, एजेन्सी । भारतको रेल सेवा प्रदायक सरकारी निकायले ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन गरेको छ । देशव्यापी लकडाउन लागु भएपछि रेल यातायात बन्द भएकाले रेल सेवाले ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन गर्न थालेको हो ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि भारतमा यही अप्रिल १४ सम्मका लागि २१ दिने लकडाउन लागु गरिएको छ । रेल सेवाले अहिलेसम्म झण्डै छ लाख ‘मास्क’ र ‘सेनीटाइजर’ झण्डै ४० हजार लिटर उत्पादन गरेको छ ।
रेल सेवाद्वारा जारी वक्तव्यमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि रोकथाम गर्न अत्यावश्यक पर्ने सामग्री उत्पादन गर्न लागिएको उल्लेख छ । भारतको स्वास्थ्य मन्त्रालयको प्रयासलाई सम्पूर्ण क्षमताले भ्याएसम्म सहयोग गर्नेगरी काम भइरहेको रेल सेवाले जनाएको छ ।
रेल सेवाका सवै अञ्चल कार्यालय, उत्पादन इकाई लगायतका कार्यालयमा सस्तो र गुणस्तरयुक्त ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन भइरहेको वक्तव्यमा लेखिएको छ । रेल सेवाले यही अप्रिल ७ सम्ममा पाँच लाख ८२ हजार ३१७ मास्क र ४१ हजार ८८२ लिटर सेनीटाइजर उत्पादन गरेको बताइएको छ ।
रेल सेवाका सवै कर्मचारीहरुलाई यी सामग्रीहरु उत्पादनका लागि परिचालन गरिएको वक्तव्यमा जनाइएको छ । उनीहरुलाई कोरोना भाइरसको सङ्क्रमण हुन नदिनका लागि उच्च सतर्कता र सुरक्षा निर्देशनलाई पालना गर्न लगाइएको रेल सेवाले स्पष्ट पारेको छ । स्वास्थ्य सुरक्षा निर्देशिकामा सवै कर्मचारीले मास्क लगाउनु पर्ने, सेनीटाइजर वा सावुन पानीले हात सफा गर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेलगायतका कुरा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार