महामारीले मुलुक बन्दाबन्दीमा, धार्मिक आस्थाका केन्द्र सुनसान
नेपालबहस संवाददाता
चैत २८, २०७६ शुक्रबार २३:२५:३१
२८ चैत्र, नेपालगञ्ज । श्रद्धालु भक्तजनको घुइँचो लाग्ने यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर अहिले सुनसान देखिएको छ । कोभिड—१९ को महामारीले मुलुक बन्दाबन्दीमा परेपछि माता बागेश्वरी मन्दिरको साँझबिहान हुने सरसफाइ, पूजापाठ, आरतीबाहेक अन्य गतिविधि ठप्प भएको छ ।
‘मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनको भेटी खर्चको मूलआधार नभए पनि त्यसले महत्वपूर्ण अर्थ राख्ने गरेको छ’, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले भने । उनका अनुसार, मन्दिरको मासिक सरदर रु पाँच लाख खर्च भाडा पसलले धान्ने गरेको छ । सडक विस्तारका क्रममा मन्दिरको पूर्वदक्षिणतर्पmको भत्काइएका पसल नबनेकाले भने खर्च धान्न केही कठिनाइ भएको सचिव अधिकारीले बताए ।
सतीदेवीको जिब्रो पतन भएको स्थानमा स्थापना भएको मानिने बागेश्वरी मन्दिरमा श्रद्धा, भक्तिपूर्वक पूजा गर्नेहरुको मनोकामना पूरा हुने जनविश्वास छ । मन्दिरका मूल महन्त चन्द्रनाथ योगी भन्छन् , ‘ मन्दिरमा विशेष संकल्प गर्ने भक्तजनले बागेश्वरी माताको खुला दर्शन गरेमा सबै कष्टबाट मुक्ति पाउने गरेका छन् ।’ लकडाउनअघि मन्दिरमा विशेष संकल्प गर्ने भक्तजनका लागि तोकिएको समयमा खुला दर्शन गर्न पाउने व्यवस्था पनि हुन्थ्यो ।
नेपालगञ्जको मध्यभागमा रहेको यो मन्दिर आउजाउ गर्ने दुई बाटामध्ये पश्चिमतर्पmको साँघुरो र अहिले निर्माणका क्रममा छ । बाटाका दुवै छेउमा ठेला र गुम्ती पसल राख्नाले अझ साँघुरो भएको छ । मन्दिर प्रवेश गर्ने पूर्वतर्पmको न्युरोड भने फराकिलो छ ।
मन्दिरमा विशेषतः बाँकेलगायत बर्दिया, दाङ्ग, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजन माता बागेश्वरीमा पूजापाठ गर्न आउने गर्थे । माता बागेश्वरीको दर्शन गरेमा सबै मनोकामना पूरा हुने विश्वास छ । मन्दिरमा दशँैको अष्टमी र नवमीका दिन पशु बलि दिने परम्परा छ । मन्दिर परिसरमा नेपालकै एक मात्र जुँगे महादेवको पूर्णकदको मूर्ति आकर्षणका रुपमा रहेको ।
बागेश्वरी मन्दिरसंँगै नेपालगञ्जका मस्जिद, चर्च, गुम्बा र गुरुनानक मन्दिर पनि लकडाउनका कारण बन्द गरिएका छन् । धार्मिक सद्भाव मञ्चको निर्णयानुसार धार्मिक आस्थाका सबैखाले स्थान बन्द गरिएको संस्थाका सचिव मौलाना जब्बार मञ्जरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार
चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो
माघ २, २०८१ बुधबार