कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो
नेपालबहस संवाददाता
चैत २९, २०७६ शनिबार १३:१६:५
२९ चैत्र, काठमाडौं । चीनको वुहान राज्यबाट फैलिएको विश्वव्यापी महामारी कोरोना अर्थात कोभिड-१९ भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । शनिबार बिहानसम्म ज्यान गुमाउनेको संख्या एक लाख नाघेको हो । २ सय १० देशमा फैलिएको कोरोना भाइरसबाट झण्डै १७ लाख संक्रमित छन ।
यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट १ लाख २ हजार ७ सय १८ जनाको ज्यान गएको छ । भाइरसबाट १६ लाख ९८ हजार ८ सय ८१ जना संक्रमित भएका छन । कोरोनाबाट सबैभन्दा धेरै इटालीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ । १ लाख ४७ हजार भन्दा धेरै संक्रमित छन । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ५ सय ७० जनाको मृत्यु भएको छ ।
यस्तै अमेरिकामा १८ हजार ७ सय ४७ जनाको ज्यान गएको छ । ४ लाख ९१ हजार भन्दा धेरै संक्रमित छन । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १५ सय भन्दा धेरैको ज्यान गएको छ । कोरोनाले अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी प्रभावित छ । जहाँ अहिलेसम्म सबैभन्दा धेरै ७ हजारको ज्यान गइसकेको छ ।
अमेरिकापछि स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ८१ पुगेको छ । १ लाख ५७ हजार भन्दा धेरै संक्रमित छन । यस्तै फ्रान्समा १३ हजार, बेलायतमा झण्डै १० हजार, जर्मनीमा २६ सय र चीनमा ३३ सय जनाको ज्यान गएको छ ।
यस्तै इरानमा ४ हजार, टर्कीमा एक हजार, बेल्जियममा ३ हजार, स्वीट्जरल्याण्डमा १ हजार, नेदरल्याण्ड्समा २५ सय र ब्राजिलमा १ हजार जनाको मृत्यु भएको छ ।
दक्षिण एसियातर्फ भारतमा सबैभन्दा धेरै २ सय ४६ जनाको ज्यान गएको छ । ७ हजार ५ सय भन्दा धेरै संक्रमित छन । पाकिस्तानमा ६६ जनाको मृत्यु ४ हजार ६ सय भन्दा धेरै संक्रमित छन । नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ ।
जसमध्ये १ जना उपचारपछि घर फर्किसकेका छन भने बाँकी ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विश्वमा झण्डै १७ लाख संक्रमित हुँदा ३ लाख ७५ हजार जना भने कोरानासँगको लडाई जितेर घर फर्किएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार