भारतीय प्रधानमन्त्री मोदी मास्क लगाएरै भिडियो बैठकमा
नेपालबहस संवाददाता
चैत २९, २०७६ शनिबार २०:३०:५३
२९ चैत्र, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्यमन्त्रीहरुसँगको भिडियो बैठकमा मास्क लगाएरै उपस्थित भएका छन् । उनले शनिबार कोरोना भाइरसविरुद्ध भइरहेका कामका बारेमा छलफल गर्न देशका मुख्यमन्त्रीहरुसँगको भिडियो बैठक आयोजना गरेका हुन् ।
मुख्यमन्त्रीहरुसँगको भिडियो अन्तरक्रियाका क्रममा उनी मुखमा मास्क लगाएको अवस्थामा देखिएका छन् । प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग अहिले भइरहेका कामहरुका बारेमा जानकारी लिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
उनले लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउनेदेखि कोरोना भाइरसविरुद्ध अन्य विभिन्न क्रियाकलापहरुमा मुख्यमन्त्रीहरु र प्रदेश सरकारहरुले राम्रो भूमिका खेलेको भन्दै धन्यवाद पनि दिएका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाको चर्चा गर्दै कोरोना भाइरसविरुद्धको लडाईलाई अझ प्रभावकारी बनाउने उपायका बारेमा पनि बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग यसअघि पनि दुई पटक भिडियो बैठक गरेका थिए । उनले मन्त्रीपरिषद् बैठक र सर्वदलीय बैठक पनि भिडियो मार्फत् गरिसकेका छन्। उनले हरेक दिन जसो विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भिडियो बैठक गर्दै आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
१९.९७ अंकले बढेर २७५८ विन्दुमा उक्लियो नेप्से, १० अर्ब ५४ करोडमाथिका शेयर किनबेच
मंसिर १७, २०८१ सोमबार
११ महिनापछि पेशी चढेको रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १७, २०८१ सोमबार
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै
मंसिर १७, २०८१ सोमबार
एनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार