कोरोना रोकथाम कोषमा सानिमा बैंकको १० लाख
नेपालबहस संवाददाता
चैत ३०, २०७६ आइतबार १६:३१:३४
३० चैत्र, कास्की । सानिमा बैंक लिमिटेडले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० लाख प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई शनिबार सो बैंकका गण्डकी प्रदेश प्रबन्धक भावुक तण्डुकारले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
मुख्यमन्त्री गुरुङले कोभिड–१९ सँग जुध्नका लागि सरकारी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेकामा जोड दिँदै सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे। सानिमाले सङ्घीय सरकारको कोरोना राहत कोषमा रु ५० लाख तथा देशका सात प्रदेश सरकारलाई रु १० लाखका दरले सहयोग गरेको बताइन्छ ।
एक हजार २७७ परिवारलाई राहत
लकडाउनका कारणले साँझ बिहान चुलो नबलेका दैनिक ज्यालादारी श्रमिक र विपन्न परिवारलाई मादी र माछापुच्छे गाउँपालिकाले राहत विरतण गरेका छन् । लकडाउनबाट घर बाहिर निस्कन नपाएपछि साँझ बिहान हातमुख जोर्न धौधौ परेका मजदुर, विपन्न, असाहाय तथा गरिब परिवारको लगत सङ्कलन गरी ती दुई पालिकाले एक हजार २७७ परिवारलाई सम्बन्धित वडामा राहत वितरण गरिएको जनाएका छन् ।
मादीले पहिलो चरणमा ६५२ परिवारलाई राहत वितरण गरिएको जनाएको छ । राहतमा प्रतिपरिवार २५ केजीको एक बोरा चामल, दाल, चिनी र नुन एक केजीका दरले रु दुई हजार बराबरको खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए ।
यसैगरी पर्यटन व्यवसायी एवं राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य महेन्द्र गुरुङले रु एक लाख एक हजार ५०० र इशानेश्वर हार्डवेयरले रु २० हजार सहयोग जम्मा गरेको गाउँपालिकाले जनाएको छ ।
माछापुच्छेमा ६२५ परिवार
माछापुच्छे गाउँपालिकाले ६२५ विपन्न परिवारलाई राहत वितरण शुरु गरेको छ । शुक्रबार र शनिबार अधिकांश वडामा राहत विरतण गरिएको र बाँकी वडामा आज वितरण गरिसकिने गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले बताए। गाउँपालिकाले राहतका लागि तीनथरि प्याकेज बनाएको जनाएको छ । पाँच जना सदस्य रहेको परिवारलाई ३० केजीको एक बोरा चामल, दुई केजी दाल, एक लिटर टेल, एक पोका नुन, एक पोका बेसार तथा साबुनको ‘फुलप्याकेज’ वितरण गरिएको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार