विश्वभर १९ लाख भन्दा धेरै संक्रमित, एक लाख १९ हजारकाे मृत्यु
नेपालबहस संवाददाता
बैशाख २, २०७७ मंगलबार १४:१४:३७
२ वैशाख एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ को कारण १९ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । दुई सय १० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको सङ्क्रमणबाट १९ लाख २४ हजारभन्दा धेरै सङ्क्रमित भएका हुन् ।
सङ्क्रमितमध्ये चार लाख ४५ हजार आठ सयभन्दा धेरै उपचारपछि निको भएका छन् । त्यस्तै एक लाख १९ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोना सङ्क्रमणका कारण अमेरिकामा मात्रै २३ हजार ६ सयभन्दा धेरैको ज्यान गएको छ ।
गएको २४ घण्टामा ६ सय ७१ जनाको ज्यान गएपछि न्युयोर्कमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या १० हजारभन्दा धेरै भएको गभर्नर एण्ड्रयु केओमोले पुष्टि गरेका छन् । अमेरिकामा पाँच लाख ८६ हजारभन्दा धेरैमा सङ्क्रमण भएको छ ।
यस्तै इटलीमा २० हजारभन्दा धेरै, स्पेनमा १७ हजार सात सयभन्दा धेरै, फ्रान्समा १४ हजार ९ सयभन्दा धेरै र बेलायतमा ११ हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा विश्वका विभिन्न देशमा पाँच हजार तीन सय सातभन्दा धेरैको ज्यान गएको छ ।
६९ हजारभन्दा धेरै नयाँ बिरामी थपिएका छन् । जसमध्ये भारतमा १२ सयभन्दा धेरै बिरामी थपिएर कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार पुगेको छ भने तीन सय ५० भन्दा धेरैको ज्यान गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार