अस्पताल भर्ना दुई जनामा कोरोना संक्रमणकाे पुष्टि
नेपालबहस संवाददाता
बैशाख २, २०७७ मंगलबार १९:१०:२५
२ वैशाख काठमाडौं । पेप्सिकोलामा रहेको सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकजनाको भने रिपोर्ट आउन बाँकी छ ।
उनीहरु मध्ये दुई जना छोरा र बुहारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आमाको भने रिर्पोट आउन बाँकी रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
तीनसाता अघि मात्र बेलायतबाट फर्किएको यो परिवारमा आमासहित पतिपत्नी रहेका छन् । तीनैजनाको एण्टीबडी पोजेटिभ देखिएलगत्तै आइसोलेसनमा राखिएका उनीहरुको हिजै घाँटीको ¥याल परिक्षण गरिएको हो । पतिपत्नीको रिपोर्ट आईसकेको र दुवैमा कोरोना भाइरस पुष्टि भएको छ भने आमाको रिपोर्ट आईसकेको छैन ।
उक्त घटनापछि सनसिटी अर्पाटमेण्टलाई प्रहरीले शिल गरेको छ । भित्रका मानिस बाहिर आउन पाएका छैनन् भने बाहिरबाट पनि कसैलाई जान दिइएको छैन । सनसिटीमा पाँचवटा अर्पाटमेण्टमा करिब चार सय परिवार बस्ने गरेका छन् ।कोरोना पुष्टि भएको परिवार बिल्डिङ एमा बसेको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । यसअघि सोमबार मात्रै रौतहट र कैलालीमा दुई जना नयाँ संक्रमित फेला परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार