नेपालमा भाइरस संक्रमित संख्या १६ पुग्याे
नेपालबहस संवाददाता
बैशाख २, २०७७ मंगलबार २०:८:३५
२ वैशाख काठमाडौं । सोमबार साँझ कोरोना भाइरसकाे आशंका भई पाटन अस्पताल भर्ना भएका तीन मध्ये २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । याे सँगै नेपालमा भाइरस संक्रमित संख्या १६ पुगेकाे छन ।
पाटन अस्पताल भर्ना भएका उनीहरुको पिसिआर प्रविधिबाट परीक्षणमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार तीनै जनाको रिपोर्ट पोजेटिभ देखिएको हो।
बेलायतबाट फर्केर काठमाडौंमा बसेका उनीहरुको र्यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो । उनीहरु एकै परिवारका ८१ वर्षीया वृद्धा आमा सहित ५८ छोरा र ५६ वर्षीया बुहारी रहेका छन्।
आरडिटी टेष्टमा पोजेटिभ देखिएपछि उनीहरुलाई सोमबार नै अस्पताल भर्ना गरिएको हो । उनीहरुमा संक्रमण पुष्टि भएसँगै अपार्टमेन्टमा बस्ने करिब पाँच सय परिवारका १८ सय जना जोखिममा परेका छन् । साथै उनीहरुबाट थप व्यक्तिमा संक्रमण भएको हुनसक्ने भएकाले उपत्यका नै जोखिममा छ ।
अपार्टमेन्ट शिल भइसकेको छ । त्यहाँ बस्नेको सबैको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ । धेरैले लिफ्ट प्रयोग गर्ने भएकाले त्यसबाटै संक्रमण भएको आशंका गरिएको छ । तीन जना गत ५ चैतमा कतार एयरलाइन्सबाट आएका थिए । एयरलाइन्सका अन्य यात्रुको पनि खोजि सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार