आरडिटी परीक्षणमा दुईको रिपोर्ट पोजेटिभ
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार १४:८:४३
३ वैशाख सप्तरी । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजबाट फर्केका दुई नेपालीको ¥यापिड डायग्नोष्टिक टेष्ट ‘आरडिटी’ किटबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार राति द्रुत परीक्षण किटबाट कोरोना परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको सिनियर कन्सल्टेन्ट जनरल फिजिसियन डा रणजित झाले जानकारी दिए ।
तब्लिगी जमातद्वारा आयोजित सभाबाट आएका खडग नगरपालिकाका तीन, सुरुङ्गा नगरपालिका, अग्निसाइर कृष्ण सवरण, विष्णुपुर र तिलाठी कोइलाडी गाउँपालिकाका एक-एक गरी सात जनाको द्रुत परीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले बताए । तीमध्ये खडग नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक÷एक जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
उनीहरुले दिल्लीको निजामुद्दीन मरकजमा सहभागी भएर फर्किएको ३२ दिन बितेको बताए पनि स्थानीयवासी भने चैत ११ गते घर फर्किएको बताउँछन् । सप्तरी फर्किएका उनीहरु घरमै बसेका थिए । रिपोर्ट पोजिटिभ आएपछि दुई जनालाई राजविराजस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ । अस्पतालले सात जनाकै स्वाब परीक्षणका लागि राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ । अन्य पाँच जनालाई खडग नगरपालिकास्थित क्वारेन्टाइनमा पठाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट दासले बताए ।
प्याकुरेलबाट सामग्री प्रदान
कोभिड–१९ नियन्त्रणमा सहयोग पु¥याउन राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले स्वास्थ्य तथा सुरक्षा सामग्री प्रदान गरेका छन् । स्वास्थ्य संस्थामा सुरक्षा सामग्री अभाव भइरहेका बेला प्याकुरेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई छ थान पिपिइ सेट, एक हजार मास्क र १० लिटर स्यानिटाइजर प्रदान गरेका थिए ।
मङ्गलबार नै उनले पैत्रिक भूमि छिन्नमस्ता गाउँपालिकाका लागि समेत एक हजार मास्क र पाँच लिटर स्यानिटाइजर प्रदान गरे । आधारभूत सामग्रीको अभावमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समस्या नहोस् भनेर व्यक्तिगत तर्फबाट सुरक्षा सामग्री उपलब्ध गराएको जानकारी दिँँदै प्याकुरेलले मुलुक सङ्कटमा परेको बेला सबैले मिलेर सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार