प्रदेशस्तरको आइसोलेसन केन्द्रमा व्यवस्थापन तीव्र
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार १७:२६:३२
३ वैशाख, काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले रुकुमपश्चिम चौरजहारी सामुदायिक अस्पताललाई कोरोना आइसोलेसन केन्द्र बनाउने निर्णय गरेसँगै यहाँको व्यवस्थापन कार्यले तीव्रता पाएको छ । कर्णाली प्रदेश सरकारले सुर्खेतको प्रादेशिक अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको साथमा चौरजहारी अस्पताललाई कोरोना आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको थियो ।
यसका लागि रु ५० लाख बजेटसमेत छुट्याइसकेको छ । चौरजहारी सामुदायिक अस्पतालमा कोरोना भाइरस सङ्क्रमितलाई उपचार गर्ने गरी कोरोना अस्थायी अस्पताल बनाइएको छ । अन्यत्रका सामुदायिक अस्पतालले बिरामी भर्ना गर्न नै नमानिरहेको अवस्थामा यो अस्पताल भने कोरोना सङ्क्रमितको उपचार कसरी गर्न सकिन्छ भनेर निरन्तर लागिरहेको अस्पतालका प्रशासक दिलबहादुर गिरीले जानकारी दिएका छन् ।
कोरोना सङ्क्रमितको उपचारका लागि चार श्यया सघन उपचार कक्षसहितको २० आइसोलेसनकक्ष बनाइएको छ । आइसोलेसनकक्षको सङ्ख्या ५० पु¥याउन अस्पताल लागिपरेको गिरीले बताएका छन् । कोरोना अस्थायी अस्पताल बनाउने कार्य जारी रहे पनि बिरामी भर्ना गरेर उपचार गर्न सकिने अवस्था बनिसकेको छ । कोरोना सङ्क्रमण भएर आएको सन्दर्भमा त्यसको उपचारका लागि अस्पतालले तयारी गरिसकेको छ । २४ जनासम्मलाई उपचार गर्नका लागि आवश्यक तयारी भइसकेको छ । बीस श्यया अस्पताल नजिकै रहेको शीतल माध्यामिक विद्यालयमा बनाइएको छ भने चार आइसोलेसनकक्ष अस्पतालभित्रै तयार छन् ।
आइसोलेसनकक्ष बनाउन उपकरण खरिद त्यसको व्यवस्थापन, स्वास्थ्यकर्मीको चाँजोपाँजो मिलाउनका लागि बजेट दिने निर्णय प्रदेश सरकारले गरेसँगै कामले तीव्रता पाएको हो । काम गर्दै जाँदा रु ५० लाख बजेट पनि अपुग हुने भएपछि बढाउनका लागि प्रदेश सरकार तयार भएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिएका छन् । प्रदेशकै दोस्रो अस्पतालमा आउने बिरामीको सङ्ख्याको आधारमा चौरजहारी अस्पताल कर्णाली प्रदेश दोस्रो भएको दाबी गरिएको छ ।
बिरामीको सङ्ख्याका हिसाबमा सुर्खेतको प्रादेशिक अस्पतालपछि चौरजहारी अस्पताल पर्छ । अस्पतालको ओपिडीमा दैनिक ४५० देखि ५०० बिरामी आउने गरेका छन् । पचास श्ययाको अस्पतालमा दैनिकजसो ६० देखि ७० बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । अरु जिल्लाबाट पनि आउन सजिलो भएकाले बिरामीको सङ्ख्या बढी हुने गिरीले बताएका छन् । गत आर्थिक वर्षमा अस्पतालमा ६५ हजार बढी ओपिडीमा बिरामी आएका थिए भने पाँच हजार ४०० जनाको अस्पताल भर्ना गरेर उपचार गरिएको थियो ।
यसमा दुई हजार १४४ शल्यक्रिया भएका थिए । चार हजार ७०४ आकस्मिक भर्ना भएका थिए भने ७७९ सुत्केरी भएका थिए । चालू आर्थिक वर्षका साउनदेखि फागुनसम्म ५५ हजार बढी ओपिडीमा बिरामी आएका छन् । कोरोनाको त्रास शुरु भएपछि ओपिडी बन्द गरिएको छ । अस्पताललमा २४सैँ घण्टा आकस्मिक सेवा, हप्ताको छ दिन ओपिडी सेवा, बाल स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पताल भर्ना हुने पाँच वर्षमुनिका बच्चाको निःशुल्क उपचार हुन्छ भने एक जना कुरुवाको खाने, बस्नेसम्मको व्यवस्था पनि अस्पतालले गर्दै आएको छ । अस्पताललमा हुने सामान्य र जटिल सुत्केरी सेवा निःशुल्क पाइन्छ ।
पेटको गानोगोला, हड्डीको शल्यक्रिया, एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, पाठेघरको शल्यक्रिया हुन्छ । अस्प्तालमा एक बालरोग विशेषज्ञसहित छ चिकित्सक छन् । ९८ स्वास्थ्यकर्मी कार्यरत छन् । त्यस्तै जाजरकोटको ५० श्ययाको स्वास्थ्य सेवा कार्यालयलाई थप मजबुत बनाउनुपर्ने स्थानीयवासीले बताएका छन् । नाम ५० श्यया भए पनि काम सोहीअनुसार बनाउनसमेत आग्रह गरेका छन् ।
आइसोलेसनका लागि नयाँ भवन बनाउँदै
आठबीसकोट नगरपालिकाले स्थापना गरेको विपद् कोषमा १०९ जनाले सहयोग गरेका छन् । सहयोग आउने क्रम जारी छ । आइसोलेसन वार्ड निर्माणमा समेत स्थानीयवासीको श्रमदान बढेको नगरप्रमुख गोरखबहादुर केसीले बताएका छन् । कोरोना फैलन नदिन सरकार र जनता सँगसँगै लागिपरेका छौँ, केसीको भनाइ छ । दश दिनमा सक्ने गरी थालिएको कोरोना आइसोलेसन वार्ड निर्माणले गति लिएको छ ।
चौरजहारीमा २५ जनाले नगरपालिकाको विपद् कोषमा नगद तथा जिन्सी सहयोग गरेका छन् भने मुसिकोट, बाँफीकोट, सानीभेरी र त्रिवेणीमा पनि सहकार्य जारी छ । चौरजहारीमा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी तथा स्थानीयवासीले विपद् कोषमा रकम जम्मा गर्ने क्रम बढेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार