आमा छोरालाई कोरोना पोजेटिभ, बुहारीलाई नेगेटिभ
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार २३:५९:१३
३ बैशाख, काठमाडौं । पेप्सिकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एउटै परिवारका तीनमध्ये दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपनि अर्कोलाई भने संक्रमण नभएको पाइएको छ ।
सनसिटीमा बस्दै आएका एउटै परिवारका आमा, छोरा र बुहारीलाई र्यापिड टेस्ट गर्दा पोजेटिभ रिर्पोट आएपछि सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो । लगत्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आमा र छोरालाई संक्रमण पुष्टि भएपनि बुहारीलाई भने संक्रमण नभएको रिर्पोट आएको छ ।
बुधबार आएको रिर्पोटमा बुहारीलाई संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । यसअघि मंगलबारको रिर्पोटमा ८१ वर्षीया आमा र ५८ वर्षका छोरालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ । बेलायतबाट एक महिना अघि आएका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि सनसिटी अपार्टमेन्टमा बस्दै आएका सबैको कोरोना परीक्षण थालिएको छ ।
बुधबार दिउँसोसम्म २ सय ९६ जनाको परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको छ । अपार्टमेन्टका पाँच वटै ब्लकमा परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार