पछिल्लो परीक्षणले हटायो सनसिटीको त्रास
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार १४:२०:२४
४ वैशाख काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा पछिल्लो कोरोना भाइरस परीक्षणमा २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँको वातावरण उल्लासमय बनेको छ ।
अपार्टमेन्टको ‘ए ब्लक’ मा बसोबास गर्ने सबै र केही अरु ब्लकमा बस्नेहरुको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएपछि यहाँ बसोबास गर्ने परिवार हर्षित बनेका छन् । तीन दिनसम्म आफूलाई पनि सङ्क्रमण भएको हुनसक्ने भनी त्रसित भएकामा त्यो हटेकाले सबै खुसी हुनु स्वभाविक भएको सनसिटी वेयलफेयर सोसाइटीका अध्यक्ष तिलक बस्नेतले बताए । अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ ¥यापिड टेस्ट ‘आरडीटी’ शुरु गरिएको थियो ।
उनका अनुसार सोसाइटीले अहिले पनि उनीहरुलाई भीडभाड नगर्न भनिरहेको छ । अहिलेसम्म तालाबन्दी ‘सिल’ को अवस्था रहेकाले सबै जना आ–आफ्नो फ्ल्याटमा बसिरहेको उनले बताए । कोभिड–१९ को सङ्क्रमण शुरु भएदेखि नै आवश्यक सावधानी अपनाइएको बताउँदै उनले भने, “त्यसैले पनि यहाँ सङ्क्रमण नफैलिएको हो ।”
स्वास्थ्य सेवा विभागले कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा ‘ए ब्लक’ मा बसोबास गर्ने सबै र अरु ब्लकका पनि दीर्घरोगीको परीक्षण गरेको थियो । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तीमध्ये सङ्क्रमित व्यक्तिको घरमा काम गर्दै आएका दुई जनाको भने पिसीआर प्रविधिबाट समेत परीक्षणका लागि स्वाब पठाइएको छ ।
नगर अस्पतालले सोमबार गरेको आरडिटी परीक्षणका क्रममा अपार्टमेन्टमा बस्दै आएका तीन जनाको रिपोर्ट नेगेटिभ आएसँगै यहाँ प्रशासनले तालबन्दी गरेको थियो । ती तीनै जना व्यक्ति अहिले पाटन अस्पतालको आइसोलेसनमा छन् । तीन जनामध्ये एक महिलाको पिसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि उनी अस्पतालमै छिन् ।
अपार्टमेन्टभित्रका दीर्घरोगी को को छन् भनी पहिचान गर्न त्यहाँको व्यवस्थापन समितिले सहयोग गरिरहेको छ । नगर प्रमुख कृष्णहरि थापाले कतिपय दीर्घरोगी उपचारका लागि अस्पताल जानुपर्ने भए पनि परीक्षण गरेर ‘नेगेटिभ’ नआएसम्म जान नसक्ने हुँदा उनीहरूलाई प्राथमिकता दिइएको बताए । अपार्टमेन्टमा बसोबास गर्ने सबै र अपार्टमेन्ट बाहिरकाले समेत आफूहरूको परीक्षण गर्नुपर्ने माग गरेका छन् भने नजिकमा रहेका पसल र घरले समेत आफू सङ्क्रमितको सम्पर्कमा आएको हुनसक्ने भन्दै परीक्षण गर्नुपर्ने माग गरेको छन् ।
अपार्टमेन्टभित्र बसोबास गर्नेको परीक्षण सकिएपछि त्यस बाहिरका बैङ्क, पसल, एटीएमलगायत स्थानका व्यक्तिको पनि परीक्षण हुन माग भएको छ । स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले भने हाल अपार्टमेन्ट आसपासमा दू्रत परीक्षणको योजना नरहेको जनाए। अन्य व्यक्तिमा पोजेटिभ नपाइएपछि नजिकका कार्यालय र पसका व्यक्ति त्रसित हुनु नपर्ने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार