सङ्क्रमण पत्ता लगाउन उत्तरपूर्वी भेगमा तीव्र गतिमा ‘र्यापिड टेस्ट’
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार १४:२५:१
४ वैशाख काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगका नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिए÷नफैलिएको पत्ता लगाउन तीव्र गतिमा र्यापिड डाइग्नोस्टिक टेस्ट ‘आरडिटी’ शुरु भएको छ ।
यही वैशाख १ गते कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टमा वडा नं ९ को सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनामा कोरोना पोजेटिभ देखिएपछि यस क्षेत्रका तीन नगरपालिकामा तीव्र गतिमा परीक्षण शुरु भएको हो ।
तीनै जनाको राष्ट्रिय प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा भने दुई जनाको पोजेटिभ र एक जनामा नेगेटिभ देखिएको स्वास्थ्य प्रतिवेदन प्राप्त भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको तीन स्थानमा र्यापिड डाइग्नोस्टिक टेस्ट शुरु गरिएको प्रवक्ता राजाराम पुडासैनीले राससलाई जानकारी दिए । नगरपालिकाको आलापोट र डाँछी स्वास्थ्य चौकी एवं मूलपानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा र्यापिड डाइग्नोस्टिक टेस्ट भइरहेको छ । हालसम्म आलापोटमा १८, थलीमा ३२ र मूलपानीमा ३६ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट भएको उनले बताए ।
सनसिटी अपार्टमेन्टमा केन्द्रीयस्तरबाटै २०० जनाभन्दा बढीको र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा सबैमा नेगेटिभ नै भेटिएको नगरपालिकाले जनाएको छ । विदेशबाट आएकालाई खोजी खोजी र्यापिड डाइग्नोस्टिक टेस्ट गर्न थालिएको छ । यसैगरी रुघा, खोकी, ज्वरो आदि लक्षण देखिई शङ्का लागेकालाई पनि यो परीक्षण गरिने जनाइएको छ ।
यसैगरी गोकर्णेश्वर नगरपालिकाको चार ठाउँमा र्यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको छ । नगरपालिकाको नयाँपाटी स्वास्थ्य चौकी, गोकर्ण प्राथमिक अस्पताल, नेपाल मेडिकल कलेज र जोरापाटी चोकको याङ्ग्री अस्पतालमा गरी २४ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।
नगरपालिकाको वडा नं २ नयाँपाटीमा विदेशबाट आएका १५ जनाकै परीक्षण गर्दा नेगेटिभ देखिएको छ । यो वडामा धेरै मानिस बन्दाबन्दी शुरु भएपछि विदेशबाट आई खुलारूपमा हिँड्दा स्थानीयवासी त्रसित थिए । प्रारम्भिक परीक्षणमा सबैमा नेगेटिभ भेटिएपछि त्रास हटेको २ नं वडाध्यक्ष कृष्णबहादुर पण्डितले बताए ।
शङ्खरापुर नगरपालिकामा ३७ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ । पटाप स्वास्थ्य चौकीमा दूई, नाङ्लेभारे स्वास्थ्य चौकीमा पाँच, लप्सीफेदी स्वास्थ्यचौकीमा तीन, सुषमा कोइराला मेमोरियल अस्पतालमा १९ र इन्द्रायणी प्राथमिक स्वास्थ्य केन्द्रमा आठ जनाको परीक्षण गरिएकामा सबैमा नेगेटिभ देखिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए । ।
विदेशबाट आएका सात जनाको अझै परीक्षण गर्न बाँकी रहेको सूचना आएकाले बिहीबारसम्म तिनको पनि प्रारम्भिक परीक्षण गरिने उनले बताए । सनसिटी अपार्टमेन्टको घटनापछि यस क्षेत्रमा सजगतासमेत अपनाइएको नगरापालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार