तीन जनाको स्वाब धुलिखेल अस्पताल पठाइयो
नेपालबहस संवाददाता
बैशाख ४, २०७७ बिहिबार १५:२६:२५
४ वैशाख दोलखा । दोलखाको तीन स्थानबाट २७ जनामा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट ‘आरडिटी’ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको तीन स्थानीय तहले विदेशबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेका र २१ दिन नपुगेका २७ जनाको बुधबार आरडिटी प्रविधिबाट शुरु गरेको कोरोना सङ्क्रमणको रिपोर्ट नेगेटिभ आएको हो ।
बुधबार चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र, कालिञ्चोक गाउँपालिका–२, बाबरे र ३ लामिडाँडाको स्वास्थ्य एकाइले २७ जनामा आरडिटी प्रविधिमार्फत एन्टिबडी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ देखाएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवं जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए ।
सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा दुई, कालिञ्चोक गाउँपालिका–२, बाबरेमा १४ र वडा नं। ३ लामिडाँडाको पोखरेमा ११ गरी कुल २७ जनाको आरडिटी प्रविधिबाट एन्टिबडी जाँच गरिएको सूचना अधिकारी झाले जानकारी दिए ।
भक्तपुरको सनसिटीबाट केही समयअघि दोलखा आएका तामाकोशी गाउँपालिकाका एकमहिला र दुई पुरुषको स्वाव परीक्षणका लागि बुधबार नै धुलिखेल अस्पताल पठाइएको उनले बताए । आजसम्म उनीहरुको रिपोर्ट प्राप्त हुने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार