नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो
नेपालबहस संवाददाता
बैशाख ५, २०७७ शनिबार २:१:४
५ वैशाख, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस ‘कोभिड-१९’ का संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले उदयपुरमा १२ र चितवनमा २ जना थपिएको पुष्टि गरेको हाे ।
मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा शुक्रबार साँझ अध्यवाधिक गरेको तथ्यांकअनुसार यसअघिका १६ गरी नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । नेपालमा एकै दिन यतिधेरै सङ्ख्यामा सङ्क्रमित रहेको पहिलो पटक हो । यसअघि छिटफुटरुपमा परीक्षणका क्रममा सङ्क्रमित भेटिएका थिए ।
यो सँगै सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । नेपालमा पहिलो पटक गत माघ ९ गते र दोस्रो पटक गत चैत १० गते विदेशबाट आएका व्यक्तिमा सङ्क्रमित देखिएको थियो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थप परीक्षणका लागि पठाएपछि कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यसअघि गत मङ्गलबार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा सङ्क्रमण देखिएको हो ।
सहप्रवक्ता डा अधिकारीका अनुसार उदयपुरमा सङ्क्रमण देखिएका सवै पुरुष रहेका र तिनीहरु नुरुी मस्जिदमा रहेका थिए । यसैगरी चितवनमा दुई आमा छोरालाई सङ्क्रमण देखिएको उनले बताए । १४ जना नयाँ सङ्क्रमितका बारेमा थप अध्ययन भइरहेको उनले जानकारी दिए । उनले ती सङ्क्रमितको सम्पर्क ‘कन्याट्क टे«सिग’ भइरहेको बताए ।
उदयपुरमा सङ्क्रमित १२ जना पुरुष ३४ वर्ष, २९ वर्ष, २६ वर्ष, २८ वर्ष, २८ वर्ष, २८ वर्ष, २८ वर्ष, २२ वर्ष, २५ वर्ष, २० वर्ष, ४० वर्ष र २९ वर्षका रहेका छन् । यसैगरी भरतपुर अस्पलातका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार राप्ती नगरपालिका–८ ब्रह्मनगरका ६३ वर्षीय महिला र उनका २७ वर्षका छोरामा कोरोना सङ्क्रमण भएको हो । उनीहरु दुवै बेलायतबाट गत चैतको पहिलो साता कतार एयरवेज हुँदै काठमाडौं आएका थिए । बुधबार दु्रत जाँच ‘¥यापिड’ डाइग्नोष्टिक टेष्ट गर्ने क्रममा आमालाई शङ्कास्पद देखिएपछि सँगै आएका दुई छोरालाई समेत भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखिएको थियो ।
अधिकारीका अनुसार बिहीबार उक्त प्रयोगशालामा दुई पटकसम्म स्वाब परीक्षण गर्दा शङ्कास्पद देखिएपछि आमा र एक छोराको स्वाव काठमाडौँ पठाइएको थियो । उनीहरुमा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले शनिबार बिहानैबाट उनीहरुले भेट गरेका मानिसको खोजी गरी क्वारेन्टाइनमा राखिने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार