प्रसिद्धि श्रेष्ठ पूर्णस्वस्थ भएर घर फर्किन
नेपालबहस संवाददाता
बैशाख ६, २०७७ शनिबार २२:७:४
६ बैशाख, काठमाडौं । कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौंकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिएका छन् । गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै क्यूआर ६५२ उडानमार्फत नेपाल आएकी प्रसिद्धि श्रेष्ठ पूर्णस्वस्थ भएर घर फर्किएकी हुन् ।
डा. राजभण्डारीका अनुसार ४८ घण्टामा दुई पटक कोभिड–१९ नेगेटिभ आएपछि उनी २७ दिनसम्म टेकु अस्पतालमा उपचार गरेर आज घर फर्किएकी हुन् । फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी उनलाई चैत १० गते सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरी आइसोलेशनमा राखेर उपचार हुँदै आएको थियो । यसअघि चीनको बुहानबाट आएका अर्का एकजनालाई पनि सङ्क्रमण देखिएपछि सोही अस्पतालमा नै उपचारपश्चात् स्वस्थ्य भएर घर फर्काइएको थियो ।
अब सो अस्पतालमा दुई पुरुषको मात्र उपचार भईरहेको छ । नेपालमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजनामा सङ्क्रमण देखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार