अमेरिकामा ग्रीनकार्ड, अस्थायी भिसा प्रक्रिया दुई महिनाका लागि स्थगित
नेपालबहस संवाददाता
बैशाख १०, २०७७ बुधबार २०:१३:२८
१० बैशाख एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रीनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
कोरोना भाइरसका कारण अमेरिकी नागरिकले रोजगारी गुमाउन थालेपछि नागरिकको प्रतिस्पर्धी क्षमता बढाउन अमेरिकामा स्थायी बसोबासका लागि दिइने ग्रीनकार्ड प्रदान गर्ने कार्यमा ढिलाई गर्नु परेको राष्ट्रपति ट्रम्पले बताए ।
राष्ट्रपति ट्रम्पले कतिपय विशेष परिस्थितिमा भने ग्रीनकार्डका बारेमा केही छुट दिइने पनि बताएका , तर उनले कस्तो अवस्थामा छुट उपलब्ध गराइन्छ भन्ने बारेमा पछि निर्णय गरिने स्पष्ट गरे । राष्ट्रपति ट्रम्पले घोषणा गरेको अस्थायी प्रतिबन्धमा “अस्थायी कामदार” का बारेमा केही उल्लेख छैन ।
ह्वाइट हाउसमा कार्यकारी आदेशमा हस्ताक्षरपछि बोल्दै राष्ट्रपति ट्रम्पले आप्रवासनमा गरिएको अहिलेको प्रतिबन्धले अमेरिकी नागरिकलाई रोजगारीमा पहिलो प्राथमिकता प्राप्त हुने विश्वास व्यक्त गरे । “अर्थतन्त्र खुल्नासाथ विदेशबाट आउने नयाँ आप्रवासी मजदूरले अहिले बेरोजगार बनेका अमेरिकीलाई बिस्थापित गर्नु गलत र अन्याय हुन्छ ।”
अमेरिकी एक अधिकारीले नयाँ नियम अमेरिकामा रोजगार–आधारित ग्रिनकार्डका लागि आवेदन गर्ने तथा अमेरिकी नागरिक भइनसकेका तर ग्रीनकार्ड भएकाका नातेदारले गर्ने आवेदनमा मात्र सीमित हुने बताए । उनले अमेरिकी नागरिकले आफ्ना परिवारका सदस्यलाई अमेरिका ल्याउन कुनै समस्या नहुने स्पष्ट गरे ।
सन् २०१९ मा अमेरिकाले करिब १० लाख ग्रीनकार्ड जारी गरेको थियो । यीमध्ये आधाभन्दा बढी अमेरिकी नागरिकका पतिपत्नी, छोराछोरी र बाबुआमा थिए । ग्रीनकार्डमा कडाई गरिए पनि राष्ट्रपति ट्रम्पले बर्सेनि जारी हुने लाखौं गैर–आप्रवासी विदेशी कामदारको भिसामा रोक लगाएका छैनन । अमेरिकामा फार्म कामदार, स्वास्थ्यकर्मी र सफ्टवेयर प्रोग्रामर समेतका लाखौं व्यक्ति गैर–आप्रवासन भिसामा प्रवेश गर्दछन् ।
माइग्रेसन पोलिसी इन्स्टिच्यूटको अनुमान अनुसार दुई महिनाको प्रतिबन्धको अवधिमा झण्डै १ लाख १० हजार ग्रीनकार्ड उपलब्ध हुने छैन । राष्ट्रपति ट्रम्पले मुलुकको आर्थिक परिस्थितिलाई मूल्याँकन गरी थप निर्णय गरिने पनि बताए ।
राष्ट्रपति ट्रम्पले लामो समयदेखि वैध र अवैध दुबै किसिमको आप्रवासनमाथि कडाई गर्नुपर्ने भन्दै धारणा अघि सार्दै आएका छन् । यी व्यक्तिले अमेरिकी नागरिकको रोजगारी खोसेको उनको भनाई छ । तर उनले कोरोना भाइरसको आडमा आफ्नो पुरानो मान्यतालाई स्थापित गर्न खोजेको भन्ने आरोप अस्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पले यहीबीच कर सुधारदेखि सीमामा कडाईलाई पनि अघि बढाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार